जनकपुरधाम, श्रावण १२ । धनुषा बाट हज यात्रामा जाने ३२ जना मुस्लिम श्रद्धालुहरुलाई मुख्यमन्त्री लालबाबु राउतले आज एक कार्यक्रमका विच विदाई तथा सम्मान गर्नु भएको छ ।
पाकिजा व नुरी कमिटी जनकपुरले आयोजना गरेको उक्त विदाई तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री राउतले हाजीहरुलाई विदाई गर्दै प्रदेश तथा मुलुकको समृद्धिका लागि कामना गर्न आग्रह समेत गर्नु भयो ।
उहाँले विगतका दिनहरुमा हजकमिटीका कारण हज यात्रीहरुलाई ठूलो समस्या भोग्नु परेको उल्लेख गर्दै हजकमिटीलाई राजनीतिक मुक्त बनाउनु पर्ने समेत बताउनु भयो । हज गर्न जाने यात्रीहरुलाई प्रक्रियाबारे जानकारी नहुँदा साउदीमा समस्या भोग्नु परेको उल्लेख गर्नु हुँदै उहाँले अगामी दिनमा प्रदेश सरकारको तर्फबाट हजयात्रीको लागि प्रशिक्षणको व्यवस्था गर्ने आफनो सोच रहेको उल्लेख गर्नु भयो ।
प्रदेश सरकार सबैधर्म जात र वर्गको समृद्धि हुने गरि काम गरि रहेको उल्लेख गर्दै उहाँले मदरसा शिक्षालाई व्यवस्थित गर्दै मुलुकको मूलधारमा ल्याउने उद्देश्यका साथ मदरसा शिक्षा बोर्ड सम्बन्धि कानून केही भित्रै ल्याउन लागेको बताउनु भयो ।
शिक्षा नै समृद्धिको मूल आधार रहेको उल्लेख गर्दै उहाँले बालबालिकाको शिक्षामा जोड दिन मुख्यमन्त्री राउतले धर्मगुरु र अगुवाहरुलाई आग्रह समेत गर्नु भयो ।
धनुषाबाट १२ महिला सहित ३२ जना यस वर्ष हज यात्रामा जान लागेका छन ।
खुरसैद खानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य जैनुल राइन, जनकपुरधाम उपमहानगर पालिका वडा नं. ४ का अध्यक्ष सुदर्शन सिंह, वठा नं. ७का अध्यक्ष जानकीराम साह सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया