वीरगंज, ११ साउन । पर्साको धोबीनी गाउँपालिकाका दुई कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले धोबिनी गाउँपालिकाका लेखापाल रौतहटको गरूडा नगरपालिका २ घर भएका कृष्णनन्दन यादव र नायब सुब्बा बाराको पचरौता नगरपालिका २ घर भएका महम्मद इनामुललाई शुक्रवार सेवाग्राहीसँग लिएको घुस रकमसहित पक्राउ गरेको हो ।
हेटौंडामा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयबाट प्रहरी निरीक्षक लक्ष्मणबहादुर खड्काको नेतृत्वमा आएको टोलीले वीरगंजको पिपरास्थित लेखापाल यादवको डेराबाट शुक्रवार दिउँसो दुवै जनालाई सेवाग्राहीबाट घुस लिएको रकम एक लाख १० हजार रुपियाँँसहित पक्राउ गरेको हो । धोबीनी गाउँपालिका २ मा रहेको संसारीमाई मन्दिरको रंगरोनका लागि खर्च भएको चार लाख रुपियाँँको चेक भुक्तानी दिन ४० हजार र वडा नम्बर २ भीखमपुर पिपरामा सडक ढलानमा खर्च भएको आठ लाख रुपियाँँको चेक भुक्तानी दिन ७० हजार गरी एक लाख १० हजार रुपियाँँ घुस दुवै कर्मचारीले उपभोक्ता समितिका अध्यक्षसँग मागेका थिए । शुक्रवार यादवको डेरामा चेक भुक्तानी लिन पुगेका दुवै उपभोक्ता समितिका अध्यक्षले घुस बापतको रकम दिँदै गरेको अवस्थामा अख्तियारको टोलीले दुवै कर्मचारीलाई हेटौंडा लगिएको छ।

प्रतिक्रिया