वीरगन्ज, साउन ८
वीरगंज महानगपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले महिलाहरुको विकासले मात्र मधेसी समाजको प्रगती सम्भव रहेको धारण व्यक्त गर्नुभएको छ ।वीरगन्जको परवानीपुरमा महिलाहरुको लागी आयोजीत सिलाइ, कटाइ तालिमको उदघाटन गर्दै नगर प्रमुख सरावगीले महिलाहरुको सिपमुलक विकासको लागी वीरगंज महानगपालीले विभिन्न कार्यक्रमहरु सचांलन गरिरहेको बताउदै महिलाहरुको बिकासबाट मात्र समाजको प्रगति हुने बताउनु भयो ।उहाले महानगपालीकाले आयोजना गरेको विभिन्न रोजगार मुलक तालिमबाट महिलाहरुलाइ आर्थिक आर्जनको लागी उपयोगी हुने आशासमेत व्यक्त गर्नुभयो ।कार्यक्रममा बोल्दै वडाअध्यक्ष हविब मियाले महिलाहरुको विकासको लागी विभिन्न रचनात्मक तालिमहरुको आयोजना गरिनुको साथै कमजोर आर्थिक अवस्था भएका महिलाहरुलाइ सिलाइ मसिन प्रदान गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडा अध्यक्ष मियाले महिलाहरुको विकासको लागी आयोजित सिपमुलक तालिमको सार्थै आर्थिक अवस्था कमजोर भएको महिलाहरुलाइ सिलाइ मशिन सहयोग स्वरुप प्रदान गर्न महानगपालिकासंग मांग समेत गर्नुभयो ।
वीरगंज महानगरपालिकाको आर्थिक सहयोगमा संस्कृति नेपाल ट्रनिगंले संचालन गरेको तालिममा वडा नम्बर २१का ४० जना महिलालाइ सिलाइ कटाइ ४५ दिनसम्म तालिम प्रदान गरिने कार्यक्रममा जानकारी गराइएको थियो ।शेख फिरोज मियाको अध्यक्षतामा सचांलन भएको तालिम उदघाटन कार्यक्रममा मनोजा चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया