वीरगंज, ६ साउन ।
सांसद हरिनारायण रौनियारको पहलमा पोखरिया अस्पतालमा विभिन्न स्वास्थ्य सम्बन्धी सामग्री वितरण गरिएको छ ।
आज एक कार्यक्रमबीच मोबाइल ओटी ल्याम्प, अक्सिन कन्सनट्रेसर, सक्सन मेशिन लगायत २२ किसिमका सामाग्रीहरू अस्पताललाई हस्तान्ततरण गरिएको अस्पतालका मेसु डा. अनिल यादवले बताए ।
सांसद हनिारायण रौनियारकोे पहलमा स्वास्थ्य मन्त्रालयले पठाएको स्वास्थ्य सामग्रीहरू अस्पताललाई हस्तान्तरण गरिएको थियो । सांसद रौनियारले पोखरीया अस्पतालसँग आफ्नो पारिवारिक लगाव रहेको बताउँदै अस्पतालको लागि सहयोग गर्ने बताए । कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियारले पोखरिया अस्पताललाई ५० बेडको बनाउन पहल भईरहेको बताए । चिकित्सकहरूले सेवा बढाउँदै जाने हो भने अस्पतालका लागि आवश्यक स्रोत साधन नगरपालिकाले प्रदान गर्ने बताए ।
कार्यक्रममा उपमेयर सलमा खातुनले समन्वय र सहकार्य गरेर नगरपालिकाभित्र रहेको स्वास्थ चौकी र अस्पतालहरूलाई व्यवस्थित गर्दै लैजाने बताइन् ।
कार्यक्रममा सहभागी अन्य व्यक्तिहरुले अस्पतालको सुधार एवं चिकित्सकहरुलाई सेवा सुविधा दिए नगरपालिकाको विश्वासयोग्य अस्पताल बन्ने कुरामा जोड दिएका थिए । पोखरिया अस्पतालको दुरावस्थाको कारण बिरामीहरु वीरगंज धाउनुपर्ने बाध्यताको अन्त्य हुने बताएका थिए ।

प्रतिक्रिया