१०औ बार्षिक पुरस्कार वितरण कार्यक्रम समपन्न
विद्यालयमा अब राजनिति चल्दैन - नगर प्रमुख सरावगी
वीरगंज, जेष्ठ २७ - श्री रामचरण साह पन्नालाला माध्यमिक विद्यालयमा आइतबार बिहान १०औं बार्षिक पुरस्कार वितरण कार्यक्रम समपन्न भएको छ । वार्षिक परिक्षामा उत्कृष्ट भएका छात्र छात्रा,
अतिरिक्त पाठ्यक्रम गतिविधि तथा सांस्कृतिक एवं विभिन्न गतिविधिहरुमा उत्कृष्ट भएका छात्र-छात्राहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख विजय कुमार सरावगीलगायत कार्यक्रममा सहभागी अतिथिहरुले पुरष्कार वितरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विजय कुमार सरावगीले विद्यालयमा अब राजनीति नचल्ने बताउदै व्यवस्थापन समिति अभिभावकहरुबाट गठन गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । उहाँले विगतको समयमा विद्यालयमा बढेको राजनीतिकरणले गर्दा शैक्षिक अवस्था दिन प्रतिदिन खराब हुँदै गएको बताउनु भयो । राजनीतिक स्वार्थ भन्दा माथि उठेर विद्यालयको शैक्षिक क्रियाकलापहरुलाई राम्रो बनाउन विद्यालय व्यस्थापन समितिको अहम भूमिका भएकोले अध्यनरत विद्यार्थीको अभिभावकबाट नै व्यवस्थापन समिति गठन गर्नपर्ने धारणा व्यक्त गर्नु भएको थियो ।
छोरालाई बोर्डिंग र छोरीलाई सरकारी विद्यालयमा पठाउने धारणालाई निर्मुल पार्नका लागि सरकारीक विद्यालयहरुमा पनि अंग्रेजी माध्यमबाट पठन पाठन सुरु गरिएको बताउदै नगर प्रमुख सरावगीले शिक्षकहरुको वृतिविकास गर्दै पूर्ण रुपमा अंग्रेजी माध्यमबाट पठनपाठन लागु गर्ने योजना रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै नवआगन्तुक शिक्षा विकास तथा सामान्य एकाई लिलाबहादुर क्षेत्रीले जिल्ला शिक्षा कार्यालय विघटन भए पछी शिक्षा क्षेत्रमा उत्पन्न भएको संक्रमण विस्तारै निर्मुल हुँदै जाने धारण राख्नु भएको थियो ।
नेपालको संविधान अनुसार १२ कक्षा सम्म संचालन हुने विद्यालयहरु स्थानीय निकायको अधिन रहेर संचालन हुने स्पष्ट पार्नु भयो । संघीय र प्रान्तीय सरकारको शिक्षा नियमावली सपष्ट नभए सम्म स्थानीय निकाय संग समन्वय गरेर आफुले शिक्षा संग सम्बन्धित सम्पूर्ण गतिविधि तथा योजनाहरुलाई अगाडी बढाउने धारण व्यक्त गर्नु भयो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै वडा अध्यक्ष राम नगिना प्रसाद कानुले उत्कृष्ट छात्रछात्राहरुको उज्ज्वल भविष्य र उतरोत्तर प्रगतिको कामना समेत व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुका साथै विद्यालयमा चलिरहेको सम्पूर्ण शैक्षिक क्रियाकलापहरुको बारेमा प्रधानध्यापक मंजोज प्रसाद चौहानले जानकारी गराउनु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण साहको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्थानीय नेता तथा व्यवस्थापन समितिको पदाधिकारीकहरुको उपस्थती रहेको थियो ।
प्रतिक्रिया