वीरगंज, १० असार । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महीनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेकोमा ठूलो त्रुटि भेटिएको छ ।
प्रकाशित परीक्षा फल हिजो जिपिए घटेको छ भने आज बढेको छ । सिम्बल नं. ०३७०६७४आर रहेको वीरगंजको एक विद्यालयका विद्यार्थीको हिजो अर्कै परीक्षाफल सार्वजनिक भएको थियो भने आज अर्कै परीक्ष्Fाफल प्रकाशित गरिएको छ । परीक्ष्Fा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइटमा प्रकाशित हिजोको रिजल्टमा ३.९० जिपिए रहेकोमा आज ३.९५ भेटिएपछि परीक्ष्Fा नियन्त्रण कार्यालयको परीक्ष्Fाफलप्रति शंका उत्पन्न भएको छ । कतिपय विद्यार्थीलाई रिजल्ट कति आयो सोबारे पनि शंका भएको यस दैनिकलाई बताए ।
हिजो घटेको जिपिए आज बढेपछि विद्यार्थी तथा अभिभावकलाई परीक्ष्Fा नियन्त्रण कार्यालयको परीक्ष्Fाफलप्रति विश्वास हुन छाडेको एकजना अभिभावकले बताए ।
यसबारेमा पर्साका जिल्ला शिक्ष्Fा अधिकारीको मोबाइलमा सम्पर्क गर्दा उनको मोबाइलको स्वीच अफ रहेको भेटियो ।
गत वर्षदेखि अक्षराङ्कण प्रणाली (ग्रेड सिष्टम)मा परीक्षाफल प्रकाशन गर्न थालिएकाले कोही पनि विद्यार्थी एसईईमा फेल हुने छैनन् । शनिवार दिउँसोदेखि नतिजा सार्वजनिक गर्न लागि परेको कार्यालयले साँझ अवेर परीक्षाफल प्रकाशित गरेको हो ।
चैत ८ बाट सञ्चालित यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी भएका थिए । आगामी शैक्षिक सत्रदेखि एसईईको परीक्षाफल प्रदेश तहले प्रकाशन गर्ने भएकाले परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा प्रकाशन गर्ने यो अन्तिम पटक हो ।

प्रतिक्रिया