बारा, १० असार ।
महागढीमाई नगरपालिका बरियारपुरको मुख्य प्राथमितामा गढीमाई मन्दिर रहेको नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताएका छन ।
नगरपालिकाको दोस्रो नगर सभामा आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नगर प्रमुख यादवले आफनो प्राथमिकतामा गढीमाई मन्दिर रहेको नगर प्रमुख यादवले बताएका छन । पर्यटक भित्रयाउनको लागि गढीमाई मन्दिरलाई सौन्र्दयकरण गर्न, निमार्णधिन सूर्य भगवानको मन्दिर आफनो मुख्य प्राथमितामा रहेको नगर प्रमुख यादवले बजेट प्रस्तुत गर्दै दोस्रोमा कृषि क्षेत्र आफनो प्राथमितामा रहेको बताएका छन । त्यसैगरी शिक्षा, स्वास्थ्य, सडक ढलान, कालोपत्रे, नाला निमार्ण गरी भौतिक पुर्वाधार निमार्णमा अधिन रही बजेट प्रस्तुत गरेका छन । त्यसैगरी नगर प्रमुख यादवले २०७५/०७६ मा नगरपालिकाको आन्तरिक आम्दनी, राजस्व बढाउने तर्फ आफनो लक्ष्य सहित बजेट प्रस्तुत गरेका छन । आ.व. २०७५/०७६ को लागि संघीय बजेट तर्फको आय बितिय समानिकरण अनुदान १५ करोड २८ लाख, शर्शत अनुदान १६ करोड ७० लाख, राजस्व बांडफांडबाट आठ करोड ७३ लाख, ३५ हजार, एलजस्सिडीपीबाट २० लाख, सामाजिक सुरक्षा तथा बाल पोष्ण भता सात करोड ९० लाख र बहुक्षेत्रिय पोष्ण कार्यक्रमका लागि १७ लाख, प्रदेश तर्फ शर्शत अनुदान तर्फ एक करोड, बितिय समानिकरण तर्फ ३१ लाख ९६ हजार र आन्तरिक अनुमानित आय एक करोड ३३ लाख ३६ हजार गरी ५१ करोड ६३ लाख ६७ हजारको आय नगर प्रमुख यादवले प्रस्तुत गरेका छन । चालु तर्फ ३५ करोड २३ लाख ५५ हजार र पुंजी गत तर्फ १६ करोड ४० लाख १२ हजार खर्च हुने यादवले बजेट प्रस्तुत गरेका छन । आ.व.२०७४/०७५ को नगर सभाबाट पारित निती तथा कार्यक्रम अनुसार स्विकृत योजना तथा कार्यक्रमको जेष्ठ मसान्तसम्ममा नगरपालिका अनुदान सात करोड २४ लाख आठ हजार ५६ रूपैया, पुंजीगत अनुदान २० करोड ६८ लाख ३५ हजार ६८ रूपैया, शिक्षा तर्फ शर्शत अनुदान १० करोड १० लाख ५१ हजार, स्वास्थ्य तर्फ शर्शत अनुदान दुई करोड ५३ लाख ४७ हजार, कृषि तर्फ शर्शत अनुदान पांच लाख ९३ हजार, बहुक्षेत्रिय पोष्ण कार्यक्रम तर्फ १४ लाख ७८ हजार, एलजिसीडिपी शर्शत अनुदान १८ लाख नौ हजार, गरिबसंग बिशेश्वर कार्यक्रम तर्फ चार लाख २९ हजार, सामाजिक सुरक्षा तथा बालपोष्ण तर्फ सात करोड १७ लाख ९७ हजार गरी ४८ करोड १७ लाख ४७ हजार एक सय २४ रूपैया आय रहेको बजेट प्रस्तुत गर्दै चालु तर्फ ११ करोड ३४ लाख ९८ हजार १६ रूपैया २३ पैसा र पुंजीगत छ करोड ७३ लाख ५९ हजार दुई सय ८३ रूपैया गरी १८ करोड आठ लाख ५७ हजार दुई सय ९९ रूपैया जेष्ठ मसान्तसम्म खर्च भएको र ३० करोड आठ लाख ८९ हजार आठ सय २४ रूपैया ७७ पैसा खर्च हुन बांकी रहेको नगर प्रमुख यादवले बताए । नगर सभामा नगर उपप्रमुख तारा देवी कानुले विकास निमार्णमा अनुगमनको क्रममा गुणस्तरयुक्त पाईएको र न्यायीक समितिले विभिन्न बांधा अवरोधका बिच आफनो कर्तब्य अधिकार बहन गरेको बताईन । नगर शिक्षा समितिका संयोजक शशिकान्त मिश्राले चालु आबमा विभिन्न विद्यालयमा अनुगमन गरी गुणस्तर शिक्षाको लागि शिक्षकहरूलाई निर्देशन दिएपछि त्यही अनुसारको पठन पाठन भईरहेको र आंउदो आबमा प्रत्येक विद्यालयमा सिसिक्यामरा, विद्युतीय हाजिरी लगाउने आफनो लक्ष्य रहेको बताए । नगर सभामा स्वागत मन्तब्य शशिकान्त मिश्राको रहेको थियो भने प्रमुख प्रशाषकिय अधिकृत अमिता बज्रचार्यले समन्वय गरेकी थिईन । कार्यक्रमको सञ्चालन रामबिश्वास चौरसियाले गरेका थिए ।
प्रतिक्रिया