रौतहट, २८ जेठ । जिल्लाको फतुवा विजयपुर नगरपालिकाका पदाधिकारीहरुको मिलेमतोमा व्यापक अनियमितता हुँदै आएको समाचार प्राप्त भएको छ ।
सो नगरपालिकाको स्थानीय विकासका लागि भन्दै नेपाल सरकारले विकास गर्न ३६ करोड जति रकम दिएका छ । उक्त नगरपालिकाको विकासमा शुन्य बराबर भएको छ । जन प्रतिनिधि भन्दा आफ्नो शासन गर्न केही कर्मचारीहरु तल्लिन रहेका छन्, उनीहरु केही ठूला नेताहरूको सरक्षणमा कमिशनतन्त्र मच्चाउँदै उप सचिवको दरबन्दी भएको स्थानमा नियमित अधिकृत भै कार्यकारी हैसियतमा काम गर्दै आएको छन् कार्याकारी प्रमुख रजना कुमारी साह । साहले लाखौं लाख रकम यी उच्च पदकारीलाई दिन समान्य प्रशासन मन्त्रालय र सघिय मामिला मन्त्रालयको सचिव, सहसचीव र उप सचिवदेखि अधिकृतसम्मलाई रकम बुझाउँदै यस्तो हर्कत गरिरहेको आरोप स्थानीयहरुको छ ।
सो नगरपालिकाका कर्मचारीहरुले जनताको काम कमिशन बिना गर्दैनन्, त्यतिमात्र होर प्रमुख कार्यकारी अधिकृत रजना साहले त रौतहटमा ठूलो रकम कमाउने उदेश्यले दादागिरी शासन नै चलाएको बताइन्छ । नगरपालिका स्थापना भएदेखि विकास निर्माणका कामकाजहरु कागजमै सिमित राखी नक्कली बिलभरपाई बनाउादै अनियमितता गर्न साह अहोरात्र तल्लिन छन् जन प्रतीनिधि नहुने बेला देखि नै उनले करोडौं रकम भ्रष्टाचार गरि रजाई गरि रहेको नाम उल्लेख नगर्ने शर्तमा एक स्थानियबासीले खुलासा गरेका छन् ।
त्यसैगरि गाविस सचिव पदमा विगत लामो समय देखि भ्रष्टाचार गर्दै आएको जिल्लाको नामुद भ्रष्टका रुपमा चिनिने सचिव मुकेश साहका कर्तुतपनि अनगिन्ती रहेको बताइएको छ । मुकेश साहको विरुद्ध थुप्रै उजुरी दर्ता भएको छ । हाल फतुवा विजयपुर नगरपालिका जिन्सी शाखा प्रमुख मुकेश साहले कार्यालयको समान खरिदमा पनि क्वालिटी र क्वान्टीटिमा अनियमितता गर्ने गरेका छन्, उनले सस्तो सामानको महंगो बिल बनाउन लगाई जिन्सी दाखिला गरि गुप्त रूपमा करोडौं रकम हिनामिना गरेको बतायएको छ ।
भ्रष्ट साहले नगरपालिका र सबै वडाहरुबाट विकास बजेटमा ३० प्रतिशत अनिवार्य रुपमा कमिशसन लिने गरेको बताइएको छ । सो नगरपालिका सबै कार्यक्रम कर्मचारीतन्त्रमा सिमित भएका छन्, कार्यकारी प्रमुख साहले ७० लाख रकम कुनै प्रक्रिया पूरा नगरी रौतहट सहिद स्मृति प्रतिठानलाई एक पुर्वमन्त्री मिलेमतोमा दिएको खुलेको छ । विकास निर्माण माखो नमारेका उनीहरुका कार्यशैलीका कारण विकास बजेट फ्रिज हुने भएको छ । कार्याकारी प्रमुख नियमित रूपमा कार्यालय पनि नाआउने जनतालाई विना काम दुःख दिने जस्ता गतिविधी भैरहेको बताइएको छ । भ्रष्ट रजना कुमारी साह र मुकेश साहविरुद्ध छानबिन गर्न स्थानियबासीहरुले सरकारको अधिकारिक निकायमा उजुरी समेत दर्ता गराएका छन् । लिखित रूपमा सूचना पनि नदिने बेभसाइटमा खर्च विवरण पनि नराख्ने जस्ता गतिविधी उनीहरुको छ । यी दुबै कर्मचारीलाई स्थानियबासीहरुले लगाएको आरोपको प्रतिकृयाका लागि सम्पर्क गर्दा सम्पर्क हुनसकेन ।

प्रतिक्रिया