Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

बाह्र किलोमिटरमा पेट्रोलियम पाइपलाइन बिछ्याइयो

SHARE: 520

वीरगञ्ज, २९ जेठ  । बहुप्रतिक्षित आयोजनाको रूपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म ७० किलोमिटर लम्बाइमा पाइपलाइन बिछ्याउने काममध्ये १२ किलोमिटरसम्म पेट्रोलियम पाइपलाइन जमिनमुनि बिछ्याउने काम सम्पन्न भएको छ ।
    गत चैतको अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट मोतिहारी—अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको संयुक्तरूपमा शिलान्यास गरेपछि यसको निर्माण कार्यले गति लिएको थियो ।
    भारतको मोतिहारीदेखि बारा जिल्लाको अमलेखगन्जसम्म ७० किलोमिटर लम्बाईको पाइपलाइन निर्माणको लागि रू २७५ करोडको लागतमा सो काम द्रुतगतिमा भइरहेको छ । सोमध्ये भारत सरकारको रू दुईसय करोड तथा नेपाल सरकारको रू ७५ करोड लगानी रहेको मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन कार्यालय, सिमराले जनाएको छ ।
    नेपालतर्फको ३६ दशमलव २ किलोमिटर भूभागमध्ये हालसम्म १२ किलोमिटरसम्म पाइपलाइन जमिनमुनि राख्ने काम सम्पन्न भइसकेको छ । वीरगञ्जको बाइपास क्षेत्र, जीतपुर, सिमरा गरी ठाउँ ठाउँमा जमिनमुनि पाइप राख्ने काम सम्पन्न भएको छ भने जीतपुर र परवानीपुर बजारमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा भत्काएपछि सो क्षेत्रमा पनि पाइप राख्ने काम गरिने समाचारमा जनाइएको छ ।
    नेपालतर्फ भारतको रक्सौलदेखि अमलेखगन्जसम्म ३६ दशमलव २ किलोमिटरमध्ये १२ किलोमिटरसम्म हाल जमीनमुनि पाइप बिछ्याउने काम सम्पन्न भइसके पनि कतिपय ठाउँमा वर्षाका कारण खाल्डो खन्न समस्या भएको सिमरा कार्यालयका इञ्जिनियर (विज्ञ) शरदप्रसाद पौडेलले बताउनुभयो ।
    पाइपलाइन बिछ्याउने काम सम्पन्न भएपछि पेट्रोलियम पदार्थ भण्डारण गर्नका लागि अमलेखगञ्जस्थित आयल निगमको कार्यालयमा तीन हजार ९०० किलोलिटर क्षमताका दुईवटा तथा चार हजार १०० किलोलिटर क्षमताका दुईवटा गरी चारवटा ट्यांकीको मर्मत सम्भार कार्यसमेत भइरहेको जनाइएको छ ।
    पथलैयादेखि अमलेखगञ्जसम्म आठ किलोमिटर पाइप लाइन विस्तार गर्न त्यस क्षेत्रमा पर्ने पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच हजार हरियो रूख काट्नु पर्ने भएकाले सोका लागि वन तथा वातावरण मन्त्रालयले निर्णय गरेपछि मात्र सो क्षेत्रमा कार्य अघि बढाइने इञ्जिनियर पौडेलको भनाइ छ ।
    पाइपलाइन निर्माण कार्य सम्पन्न भएपछि पाइपबाट प्रतिघण्टा दुईलाख लिटर पेट्रोलियम पदार्थ भित्रिनेछ । निर्माण सम्पन्न भएपछि पहिलो चरणमा पाइपमार्फत डिजल ल्याउने र अमलेखगञ्जस्थित आयल निगममा भण्डारण गरिने लक्ष्य लिइएको छ ।
    आयल निगमको लाइफलाइनका रूपमा रहेको यो प्रोजेक्ट सञ्चालनमा आएपछि नेपाल भारतको सीमा क्षेत्रमा देखिने जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने अनियमिततासमेत हटेर जाने विश्वास सम्बन्धित पक्षले लिएको छ ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: बाह्र किलोमिटरमा पेट्रोलियम पाइपलाइन बिछ्याइयो
बाह्र किलोमिटरमा पेट्रोलियम पाइपलाइन बिछ्याइयो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiVxI0WDrM2PKtnaGuJDxq-bcvAU_qgKnwOPG3HoJ3fBySrD7I_lyocy626KSjYbOEleq0rQ7YdGSrTNBEamz8LigMCO25LW79DLoRfllg5eLx6icYTTPtzMEqjiNoVB7IyIqUsIDrWfKYK/s320/22-2.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiVxI0WDrM2PKtnaGuJDxq-bcvAU_qgKnwOPG3HoJ3fBySrD7I_lyocy626KSjYbOEleq0rQ7YdGSrTNBEamz8LigMCO25LW79DLoRfllg5eLx6icYTTPtzMEqjiNoVB7IyIqUsIDrWfKYK/s72-c/22-2.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2018/06/blog-post_83.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2018/06/blog-post_83.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content