वीरगंज,जेठ ३१
वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा भीष्मकुमार भूसाल र
निर्माण व्यवसायीहरु वीच महानगपालिकाभित्रका विकास योजनाहरु समयमै र
गुणस्तरीय तरिकाले सम्पन्न गर्ने विषयमा छलफल भएको छ ।
उक्त छलफलमा निर्माण व्यवसायीले प्रमुख प्रशासकीय अधिकृत भूसाल समक्ष
आफ्ना समस्या राखेका थिए भने प्रमुख प्रशासकिय अधिकृतबाट जनताका नाममा
भएको प्रत्येक रुपैयाको प्रतिफल जनताले पाउने गरी कामगर्न,गुणस्तर,विधि र
प्रकृयामा कुनै समझौता नगर्ने धारण व्यक्त भएको थियो । उहाले कार्यालयबाट
हुने कामहरुमा कुनै आर्थिक अनियमिततामा मतियारनबन सु्झाव व्यक्त निर्धक
भएर राम्रोसगं विकास निर्माणका कार्यहरु गर्न सुझाव दिनु भएको थियो ।
भेटघाट कार्यक्रममा निर्माण व्यवसायीहरुलाइ प्रमुख प्रशासकिय अधिकृत डा
भूसालले वीरगंजवासीको भबिष्यलाइ ध्यानमा राखेर काम गर्न निर्देशन दिनुभयो
। महानगपालिकामा कुनै किसिमको ढीलासुस्ती वा उल्झन भएमा सोझै आफुसगं
सम्पर्क गर्न जानकारी गराउन बताउदै उहाले वीरगन्जको विकासका लागि सबै
पक्ष इमान्दार ,जिम्मेवार ,जवाफदेही र पारर्दशी भएर हातेमालो गर्दै अघि
बढन समेत निर्माण व्यवसायीहरु लगायत अनुरोध गर्नुभयो ।
छलफल कार्यक्रममा सहभागी निर्माण व्यवसायीहरुले आजसम्म कुनैपनि कार्यालय
प्रमुखले निर्माण व्यवसायीसंग यसरी प्रत्यक्ष छलफल नगरेको धारणा व्यक्त
गर्दै आजको छलफलले आफहरुलाइ उत्साहित बनाएको बताएका थिए ।छलफल
कार्यक्रममा निर्माण व्यवसायीहरुले प्रमुख प्रशासकीय अधिकृतले राख्नु
भएको स्पष्ट धारणाले आउने समयमा विकास निर्माणको कार्यहरुलागी
गुणस्तरीयता र तिब्रता प्रदान गर्ने बचन बद्धता समेत व्यक्त गर्नुभएको
थियो ।छलफल कार्यक्रममा निर्माण व्यवसायी संघका पुर्व पर्सा जिल्ला
अध्यक्ष रमेश पान्डे,राजु रौनियार,दिनेश रौनियार,नुरुल अंसारी,नुरनबी
ठकुराइ ,राजेश चौहान लगायतका निर्माण व्यवसायीहरुको उपस्थिती रहेको थियो
।

प्रतिक्रिया