जनकपुरधाम, जेठ २३ । मुख्यमन्त्री लालबाबु राउतले दलितहरुको अधिकार सुनिश्चितताको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
राष्ट्रिय दलित नेटवर्क र दलित जनकल्याण युवा क्लबले आज जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय पहिलो दलित संसदलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले दलितहरुको समृद्धि विना प्रदेशको समृद्धि सम्भव नरहेको उल्लेख गर्नु भयो ।
हाथमा हाथ बाँधेर अधिकार पाउन नसक्ने बताउदै मुख्यमन्त्री राउतले आफनो अधिकारको लागि हाथ उठाएर अघि बढन दलित अगुवाहरु आग्रह समेत गर्नु भयो ।
सदियौ देखी दलित माथि हुँदै आएको विभेद अझै कायमै रहेको उल्लेख गर्दै उहाँले प्रदेश सरकार प्रदेशलाई छुवाछुत र विभेद मुक्त बनाउन प्रतिबद्ध रहेको बताउनु भयो ।
कार्यक्रममा दलित अगुवा युक्तिलाल मरिक लाई बलदेव दास मानव मर्यादा पुरस्कारले सम्मानित समेत गरिएको छ ।
विनोद कुमार विसुन्केको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य सुनिता राम, सुन्दर विश्वकर्मा सहित प्रदेश भरिका दलित अगुवाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्राध्यापक डा. महादेव साहले दलितहरुको अवस्था विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया