वीरगंज, २६ जेठ । निजगढमा आज दुर्घटना हुंदा एकजनाको मृत्यु हुनुको साथै
आठ जना घाइते भएका छन् । दुर्घटनामा परी धनुषा, रघुनाथपुरका ८० वर्षीय
नारायण श्रेष्ठको मृत्यु भएको हो । धनुषाबाट दर्शनार्थीहरू बोकेर देवघाट
जाँदै गरेको ना.४ च ७७६७ नं.को स्कार्पियो ब्रेक फेल भई भारतीय नं.को
लहरीमा ठोक्किदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय, निजगढले जनाएको छ
। दुर्घटनामा परी धनुषा रघुनाथपुरका वर्षीय विजय यादव, संगीता कार्की,
पूजा रोकाया र उनकी ६ वर्षीया सुमिका रोकाया, निर्मला देवी घाइते भएका
छन् । घाइतेको निजगढको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
जीराभवानी गापामा दुर्घटना
पर्साको जीराभवानी गापामा बसको ठक्करबाट एकजना मोटरसाइकल चालक गम्भीर
घाइते भएका छन् । वीरगंजबाट जाँदै गरेको ना.२ ख ४५०१ नं.को बसले
जीराभवानी गापा–३ जीतपुरको नौका टोला बजारमा विपरीत दिशाबाट आउँदै गरेको
भारतीय नं.को मोटरसाइकललाई प्रहरीले ठक्कर दिएको थियो । मोटरसाइकल चालक
जीराभवानी गापा–१ बस्ने ३० वर्षीय हरिकिशोर शर्मा गम्भीर घाइते भएका छन्
। घाइते शर्माको उचारको लागि नाउक्षे अस्पताल वीरगंजमा ल्याइएको छ ।
ठक्कर दिने बसचालक सखुवा परसौनी गापा–५ लखनपुर निवासी २५ वर्षीय कृष्ण
साहलाई इप्रका, सेढवाले नियन्त्रणमा लिएको इप्रका सेढवाका प्रनानि राजेश
प्रसाद चौधरीले बताए ।

प्रतिक्रिया