वीरगंज, ६ असार ।
वीरगंज महानगरपालिका वडा नं ५ जेलरोडमा रहेको कौशल श्रीवास्तवको घरमा आज प्रहरीले छापामारी गरी म्याद गुज्रिएका जुस र विभिन्न सरकारी कार्यालयको फर्जी स्टाम्प बरामद गरेको छ ।
प्रहरीले छापामारीको क्रममा म्याद गुज्रिएका जुसमा नयाँ उत्पादन मिति थपिरहेको अवस्थामा दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरीले नयाँ म्याद थपिरहेको अवस्थामा लक्ष्मी साह र ओमबहादुर कार्कीलाई पक्राउ गरेको जिप्रका, पर्साका प्रउ रेवती ढकालले बताए ।
साथै प्रहरीले विभिन्न सरकारी कार्यालयका नक्कली छाप स्टाम्प र नक्कली एलइडी बल्ब बनाउने मेसिन समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया