वीरगंज, ६ असार ।
दाइजो एवं सामाजिक कुरीतिविरुद्ध जागरण मंच पर्साले आज नेहा कर्णलाई न्याय देउ नारासहित दबाबमूलक रयाली निकालेको छ ।
जेठ २७ गतेदेखि हराइरहेकी २२ बर्षीया नेहा कर्ण आज ११औ दिन पनि कुनै अत्तोपत्तो लाग्न नसकेको भन्दै प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको छ ।
वीरगंज महानगरपालिका, कुम्हालटोल निवासी रूबीदेवी कर्णकी छोरी नेहा कर्णलाई भारत, आधापुर स्टेशनबाट बेपत्ता बनाएको र उनलाई अहिले वीरगंज आसपास क्षेत्रमा राखेको जानकारी प्रहरीलाई दिए पनि प्रहरीले चासो नदेखाएको आरोप आमाका आरोप छ ।
एमडी फारुख भन्ने युवकले नेहालाई बेपत्ता बनाई उसको नं.बाट पटक–पटक फोन गरेको भन्दै रूबीदेवीले यसबारे प्रहरीलाई जानकारी दिंदा प्रहरीले चासो नदेखाएको बताइन् । छोरीको अवस्था सार्वजनिक गर्न उनले प्रहरीलाई आग्रह गरेकी छिन् ।
प्रतिक्रिया