वीरगंज, १६ असार ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले नेपाल राष्ट्रिय प्राथमिक विद्यालय महेन्द्रपुरको प्रा·णमा नागरिक सुनुवाइ कार्यक्रम गरेको छ ।
सुनुवाई कार्यक्रममा स्थानीयवासीले प्रहरीले निर्दोषलाई फसाउने र गा"जा तस्करलाई उन्मुक्ति दिने गरेको आरोप लगाए ।
स्थानीयवासीले घरेलु मदिराको उत्पादन र विक्री वितरण भइरहेको र अबेर रातिसम्म मदिरा सेवनकर्ताहरुले बादविवाद र घरेलु हिंसा गरेको बताए ।
जंगलस"ग सीमा जोडिएको गाउ"हरूमा जंगली हाथीले स्थानीय घर भत्काउने स्थानीयको धान, गह"ु, मकै, तरकारी, उखु बालीनाली नष्ट गर्ने गरेकोले जिल्ला सुरक्षा समितिले कुनै उपाय नगरेको बताए । गापामा अवैध काठ तस्करी रोक्नुपर्ने माग गरे ।
कार्यक्रमको प्रमुख अतिथि पर्सा प्रहरी उपरीक्षक रेवती ढकाल, गापा उपाध्यक्ष ममतालगायत वडाध्यक्ष, प्रतिनिधिहरुको सहभागिता थियो ।
प्रमुख अतिथि प्रउ ढकालले शान्ति सुरक्ष्ाँमाथि असर पार्ने प्रवृत्तिलाई निरुत्साहित गरी दोषीलाई कारबाही गर्ने बताए । उनले गलत कामको सूचना दिन आप्mनो मोबाइल नं. ९८५५०२१११३ सार्वजनिक गर्दै चौबीसै घण्टा फोन गर्न आग्रह गरे ।
गापा अध्यक्ष हरिनारायण चौधरीको सभापतिŒवमा सम्पन्न कार्यक्रमको सञ्चालन पटेर्वा सुगौली प्रहरी कार्यालयका प्रनि आशीष अधिकारीले गरेका थिए ।
प्रतिक्रिया