नेपाली सेनाद्वारा आयोजित फोटो प्रदर्शनीको नगर प्रमुख सरावगीद्वारा उद्घाटन
वीरगंज, जेष्ठ २४ - नेपाली सेना बिहिबार बिहान आयोजना गरेको फोटो प्रदर्शनीको नगर प्रमुख विजय कुमार सरावगीले उद्घाटन गर्नु भएको छ । वीरगंजको नारायणी रंगशालामा आयोजित कार्यक्रमको नगर प्रमुख सरावगीले उद्घाटन गर्नु बहेको हो । प्रदर्शनीमा नेपाली सेनाले गर्दै आएको विकास निर्माणको कार्य, दैविक प्रकोपको नेपाली जनतालाई उद्धार तथा सहयोग, युद्ध कौशलता, तथा विभिन्न प्रशिक्षणलगायत सेनाको गतिविधिहरुमा आधारित तस्विरहरु प्रदर्शनीमा राखिएको छ ।
नेपाली जनता संग सेनाको सम्बन्धलाई सुध्रिद्ध गराउनुको साथै सेनाले गर्दै आईरहेको काम कारवाहीको उद्द्येश्यले श्रीचण्डी प्रसाद गणले बुधबार बिहान फोटो प्रदर्शनी र साँझ संस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । उद्घाटन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी लेखनाथ पौडयाल, पर्साका प्रहरी उपरिक्ष रेवती ढकाल, शस्त्र प्रहरी उपरिक्षक प्रेमध्वज शाह, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला संयोजक प्रभु हजारा लगयातका व्यक्तिहरुको उपस्थिति रहेको थीयो ।
प्रदर्शनीलाई अबलोकन गर्दै नगर प्रमुख सरावगीले नेपाली सेनाको यस्तो कार्यले मधेसी जनता र नेपाली सेनाबिचको सम्बन्ध सुमधुर हुने धारण व्यक्त गर्नु भएको थियो थिए । नेपाली सेनाको इतिहास एवं गतिविधहरुको बारेमा प्रदर्शनीमा राखिएको फोटोहरुले युवाहरुलाई सेना प्रति आकर्षित गर्ने बताउदै यस्ता कार्यक्रमहरुले जनता र सेना विचको सम्बन्ध मजबुत हुने बताउनु भएको थियो ।
प्रदर्शनीमा विभिन्न विद्यालयका विधार्थीहरु संग संगै दुई नं. प्रदेशमा रहेका सम्पूर्ण गणका पदाधिकारी तथा जवानहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया