वीरगंज, २३ जेठ । लालबन्दी जेसिजले जियाजोरमा रहेको नारायण जनता माविमा
शैक्षिक सामग्री वितरण गरेको छ ।
लालबन्दी जेसिजका संस्थापक अध्यक्ष किरण घिमिरेको अध्यक्षता एवं वडा
नम्बर १२ लालबन्दी का अध्यक्ष दुर्गा बहादुर आलेको प्रमुख आतिथ्यतामा
सामग्री वितरण गरिएको हो । शिशु कक्षा र कक्षा १ का ३० जना
बालबालिकाहरूलाई १ थान झोला, १ दर्जन सिसाकलम र कपि वितरण गरिएको थियो ।
कार्यक्रम द्वितीय कार्यकारी उपाध्यक्ष श्याम कुमार खड्काको संयोजन तथा
महासचिव सरोज न्यौपानेको सहजीकरणमा सम्पन्न भएको छ । कार्यक्रममा
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नारायण गुर्मछान, जेसिजका प्रथम
कार्यकारी उपध्यक्ष मनोज बख्रेल, जेसिज उपाध्यक्ष किरण घिमिरे, सुदर्शन
थपलिया एवं सदस्य द्वय बिष्णु अधिकारी, अभिषेक नगरकोटी एवं स्थानीय
समाजसेवी, विद्यालय ब्यबस्थापन समितिका सदस्यहरू, शिक्षक एवं
कर्मचारीहरूको उपस्थिति रहेको रहेको कार्यकारी उपाध्यक्ष मनोज बख्रेललाइ
उदृत गर्दै मिडिया रिलेशन अफिसर जेसी कोमल हरि गौतमले जानकारी दिनुभयो ।
जेसिज अध्यक्ष किरण घिमिरेले यस्ता कार्यक्रमले विधार्थीमा उत्प्रेरणा
थप्ने र अझै देशभरिमा ६० हजार विद्यालय बाहिर रहेका बालबालिकालाई
विद्यालय ल्याउने प्रेरणा मिल्ने भन्दै सानो सहयोग गर्ने वातावरण
मिलाइदिने विद्यालय परिवारलाई धन्यवाद दिदै विद्यालयबाट प्राप्त भएको कदर
पत्र तथा न्यानो सम्मान लाइ अझै बढी जिम्मेवारीको रूपमा लिदै यस्ता
कार्यको बढावा दिने जनाउनु भयो ।
कानुनी सल्लाहकार सुदेश ढुंगानाले जेसिज पैरवी, सामाजिक क्याम्पेनिंग,
सरसफाई लगायत विविध अभियानहरू क्रमश संचालनको वातावरण सिर्जना गरि जेसिज
अभियान्ताहरूलाई थप प्रेरणा दिने कार्यमा सदैव कियासिल रही विधिको शासन र
प्रजातान्तिक अभ्यास विकास गराइने बताउनु भयो ।

प्रतिक्रिया