जनकपुरधाम, जेठ २४ । मुख्यमन्त्री लालबाबु राउतज्यूले काठमाण्डौमा आयोजन हुन लागेको तेस्रो अल नेपाल क्युरेशियन बुदोकाई कराते प्रतियोगिता २०७५मा सहभागी हुने प्रदेश नं. २का खेलाडीहरुलाई आज शुभकामना सहित विदाई गर्नु भएको छ ।
मुख्यमन्त्री कार्यालय परिसरमा आयोजित विदाई तथा शुभकामना कार्यक्रममा मुख्यमन्त्री राउतले प्रशिक्षक तथा खेलाडीहरुलाई फुलमाला अविर लगाएर शुभकामना दिदै विदाई गर्नु भएको हो । मुख्यमन्त्री राउतले खेल र खेलाडीलाई प्रोत्सहानका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउदै अगामी दिनमा खेलकुदको विकासको लागि सरकारले हरेक कदम चाल्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उहाँले अगामी आर्थिक वर्षको बजेटमा खेलकुद विकास कोषको स्थापना गर्न लागेको जानकारी गराउनु हुँदै त्यस कोषबाट खेलकुदको विकासमा लगानी गर्ने प्रष्ट पार्नु भयो ।
जेठ २५ र २६ गते हुन लागेको उक्त प्रतियोगितामा सहभागी हुन खेलाडीहरु आजै काठमाण्डौ प्रस्थान गरेका छन ।

प्रतिक्रिया