वीरगंज, ६ असार । चोरीको मोबाइलसहित एक युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
जेठ २९ गते राति जिल्ला बारा महागढिमाई नगरपालिका वडा नं. २ बरियारपुर बजारमा रहेको बिश्वनाथ महतो कोइरीको सागर मोवाइल पसलबाट मोवाईलहरू चोरी गर्ने बारा महागढिमाई न.पा.वडा नं.११ मधुरी जब्दी बस्ने वर्ष २३ को नगिना चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट मोवाईल १० थान, स्पिकर, बुफरसहित पक्राउ गरी निजलाई चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
प्रतिक्रिया