वीरगन्ज, जेठ २९
चालु आर्थिक बर्षको अन्तिम महिना असाढ आउन लाग्दा वीरगन्ज महानगरपालिकाका
प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भुषालले सेवाप्रदायक कर्मचारीहरुको
काम कारवाही चुस्त दुरुस्त बनाउन कडाई अपनाउन थालेका छन् । उनीले
महानगरपालिकाको कार्यभार सम्हालेयता करिब २ हप्तामा भएको प्रशासकीय
कार्यसम्पादनमा सुधारको अनुभुति वडास्तरसम्म गराउन उनले मंगलवार महानगरपालिका
कार्यालयका चार वटा वडामा छड्के अनुगमन गरेका छन् ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भुषालले वडा नम्बर २८, ३०, ३१ र
३२ मा उनले अनुगमन गरेका हुन् । यस क्रममा वडामा खटेका कर्मचारीहरुलाई बिभिन्न
निर्देशन दिदै आर्थिक प्रशासनमा सुशासन कायम गरिराख्न निर्देशन दिए । कुनै पनि
किसिमको आर्थिक अनियमितता सह्य नहुने उनले बताए । चालु आर्थिक बर्षमा
कार्यन्यवन भइरहेको बिकास योजनाहरुको स्थलगत निरिक्षण गर्दै प्रमुख प्रशासकीय
अधिकृत भुषालले कानूनी बिधि–प्रक्रियाको पलना गर्न र कामको गुणस्तरमा सम्झौता
नगर्न निर्देशन दिए ।
सम्बन्धीत वडाका निर्वाचित जनप्रतिनिधिहरुसंग छलफल गर्दै योजनामा निगरानी गर्न
र गुणस्तरीयढता कायम गराउन भुमिकाका लागि आग्रह गरे । प्रमुख प्रशासकीय अधिकृत
भुषालसंग कार्यालयका अधिकृतहरु आर्थिक प्रशासन महाशाखाका प्रमुख हरिकिशोर
चौरसिया, आन्तरिक लेखा परिक्षक हरिशंकर प्रसाद कुर्मी, योजना महाशाखाका अधिकृत
देवेन्द्र चौधरी र प्रसाशन शाखाका कर्मचारी राजेश गिरी रहेका थिए । टोलीमा
सामेल महानगरपालिकाका अधिकृतहरुले वडाबाट भइरहेको कामको प्रशासनिक गतिबिधि,
आर्थिक प्रसाशन लगायतका कागजात र फाइलहरु अनुगमन गरि प्रतिक्रिया दिएका थिए ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भुषालको अनुगमनले
वडाका कर्मचारीहरुको कार्यसम्पादनमा सकारात्मक प्रभाव पर्ने भनी निर्वाचित
जनप्रतिनिधिहरुले प्रतिक्रिया दिए ।

प्रतिक्रिया