बीरगंज २२ गते जेष्ठ । अन्तर्राष्ट्रिय वातावरण दिवस २०७५ को शुभ उपलक्ष्यमा जि.एच.पी.मा.बि.ले बिधालयको प्रा¨नमा बृक्षा रोपण कार्यक्रमको आयोजना गर्यो ।
सो अन्तर्राष्ट्रिय वातावरण दिवस २०७५ को शुभ उपलक्ष्यमा बृक्षा रोपण कार्यक्रमको समुदघाटन कार्यक्रमका प्रमुख अतिथी बीरगंज महानगरपालिका कार्यालयका महानगर प्रमुख बिजय सराबगी र बिशेष अतिथी अर्थ मिस नेपालकी रोजिना श्रेष्ठले बिधालयको प्रा¨नमा आज बिहान बिरुवा रोपी कार्यक्रमको समुदघाटन गर्नु भयो ।
उक्त कार्यक्रमको अतिथी जिल्ला प्रहरी कार्यालय पर्साका डि.एस.पी. राजन लिम्बु, श्रीपुर वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक कुमार कोईराला, सशस्त्र सिमा प्रहरी बल इकाई चिनी मिल बीरगंजका सशस्त्र प्रहरी निरिक्षक प्रेमध्वज साह, बीरगंज युवा समाजका अध्यक्ष कमल चौलागाई, बिधालयका प्रिन्सिपल रमिन्दर कौर, जैक सिहं, बीरगंज महानगरपालिका कार्यालयका सल्लाहाकार सज्जन अग्रवाल, रिपोर्टस क्लब नेपालका मधेश क्षेत्रिय संयोजक तथा पर्सा जिल्लाका संयोजक कन्हैया गुप्ता, लक्ष्मी साहित्य नेपाल पर्साका अध्यक्ष तथा राष्ट्रिय दैनिकका सम्पादक महेश चन्द्र गौतम, नेपाल पत्रकार महासंघ प्रदेश नं.२ को प्रदेश सभा सदस्य जगत राई लगायतका महानुभावहरुले अन्तर्राष्ट्रिय वातावरण दिवस २०७५ को शुभ उपलक्ष्यमा बिधालयको प्राङ्गनमा आज बृक्षा रोपण गर्नु भएको थियो ।
अन्तर्राष्ट्रिय वातावरण दिवस २०७५ को शुभ उपलक्ष्यमा बृक्षा रोपण कार्यक्रमको सभापति बिधालयका प्रिन्सिपल रमिन्दर कौरको सभापतित्वमा बृक्षा रोपण कार्यक्रम सम्पन्न भयो । भने कार्यक्रमका प्रमुख अतिथी, बिशेष अतिथी तथा अतिथीहरुलाई कार्यक्रमका सभापति तथा बिधालयका प्रिन्सिपल कौरले मायाको चिन्हो प्रदान समेत गर्नु भएको थियो ।
सो कार्यक्रममा बिधालयका बालबालिका तथा शिक्षक शिक्षिकाहरुको ब्यापक उपस्थिति समेत रहेको थियो ।
प्रतिक्रिया