वीरगंज, १८ पुस/
गैरकानुनी आर्थिक अपचलन (हुन्डी) गरेको अभियोगमा रंगेहात पक्राउ परेका भारतीय नागरिक सन्तोष जैन र निजका छोरा अंकुर जैनसहितको मुद्दाको सुनुवाईको क्रममा म·लवार पुस १९ गते पाँचौंपटक पेशी चढ्ने भएको छ ।
सो पेशीलाई आर्थिक प्रभावमा पारी सन्तोष जैनलाई धरौटीमा रिहा गराउन वीरगंजका तथाकथित लब्धप्रतिष्ठित दलालहरु उच्च न्यायालय जनकपुरको अस्थायी इजलास वीरगंज परिसरभित्र भौतारिरहेका छन् । ती दलालहरुले मुद्दा मिलाई सन्तोष जैनलाई रिहा गराउँछु भनी सम्मानित उच्च न्यायालयको इमानदार र सम्मानित न्यायाधीशज्यूहरुको नाम बदनाम गरी जैन परिवारसित करोडौ रुपैयाँ हात पार्न सफल भएका छन् । जैन परिवारले विगतको दशकमा खर्बौ रुपैयाँको अपचलन गरेर अकूत सम्पत्ति कमाएका छन् । त्यसकारण भारतीय नागरिक सन्तोष जैनलाई छुटाउन निजको परिवारसित भलाद्मीको खोस्टो ओढेका दलालहरुले प्रथमपटक रु १ करोड ६० लाख र दोस्रोखेप ५० लाख गरी रु २ करोड १० लाख रुपैयाँ लिइसकेको जैन परिवारका निकटवर्ती स्रोतले जनाएको छ ।
स्मरण रहोस्, पुस ५ गते चौथो पटक पेशीमा चढ्दा सरकारी वकिलहरुको कार्यक्रम भएको हुनाले सुनुवाई हुन नसकी सरेका थिए । सो पेशी पुन: म·लवार चढ्ने भएको छ । यसबीचमा जब–जब पेशी सारिन्छ दलालहरु जैन परिवारसित केही न केही रकम थुत्ने काम गर्छन् । वीरगंज उपमहानगरपालिका लगायत वरपरको क्षेत्रमा जैनको मुद्दा सम्बन्धी चर्चा परिचर्चा चरम शिखरमा पुगेको छ । वीरगंजका प्रतिष्ठित व्यापारीहरुको माँझमा समेत ती ओहदेदार दलालहरुको कुरा हुने गरेको व्यापारीहरु बताउँछन् । यसपटक जसरी भए पनि जैनलाई छुटाएर छोड्ने बाचा जैन परिवारसित ती दलालहरुले गरेका छन् । जिल्ला प्रहरी कार्यालय, पर्साले रंगेहात पक्राउ गरी सन्तोष जैन, तिनका छोरा र श्रीमतीलगायतका अन्य व्यक्तिहरुलाई थुनामा राखी २४ दिनको अनुसन्धानपश्चात् जिल्ला अदालतमा पुर्याएका थिए । त्यसैबेलादेखि ती दलालहरु सक्रिय रुपमा लागिरहेका छन् । सम्मानित जिल्ला अदालतका इमानदार न्यायाधीशहरुसमक्ष केही सीप लागेन र सन्तोष जैनलगायतका व्यक्तिहरु पूर्पक्षमा राखी कारबाई गर्ने आदेश अनुसार नै वीरगंज कारागारमा चलान गरिए । जैन पक्षका कानुन व्यवसायीहरुको सल्लाहमा अदालती बन्दोबस्त १७ नं. बमोजिम छुटाउन दायर गरिएको रिट निवेदनमाथिको सुनुवाई उच्च न्यायालयमा चल्दै आएको हो । दलालहरुले आफ्नो दुनो सोझ्याउन सम्मानित उच्च न्यायालय र त्यहाँ कार्यरत सम्मानित न्यायाधीशहरुज्यूको नाम बदनाम गरी जैन परिवारसित मोटो रकम हसुरेको घटना पटक–पटक विभिन्न समाचार प्रतिष्ठान मार्फत् प्रकाशमा आइरहेको सन्दर्भ कसैसँग लुकेको छैन ।
यसपटकको पेशीमा सन्तोष जैनलाई धरौटीमा रिहा गरियो भने उनी भारत भाग्ने निश्चितप्राय: छ । वीरगंज कारागारभित्र जैनसँग भेट्न गएका एक दलालसित कुरा गर्दै जसरी भए पनि जुनसुकै मूल्यमा पनि मलाई कारागारबाट बाहिर निकाल्नुस् जैनले आग्रह गरिरहेको कारागारमा कैदीबन्दी जीवन बिताइरहेकाहरु मार्फत् समाचार प्राप्त हुन आएको छ । तसर्थ यस पटक दलालहरुले आफ्नो सम्पूर्ण ताकत र विद्या लगाई सन्तोष जैनलाई छुटाउन लागी परेका छन् । यदि सन्तोष जैन छुट्यो भने उनी भारत उम्कने छन् । नेपाल राष्ट्रको अर्थतन्त्रलाई ठूलो धक्का पुर्याउने सन्तोष जैन बडो परिश्रमपश्चात् प्रहरीले र·ेहात पक्राउ गरी कारबाईको दायरामा पारेका छन् । यस पटक उनी भारत भागेपछि नेपाल अधिराज्यको कानुनी दायराबाट उम्कन सफल हुन्छन् । तसर्थ उनलाई धरौटीमा रिहा गर्नु भनेको राष्ट्रघात सरहको अपराधमा संलग्न व्यक्तिलाई उम्कने बाटो दिनु हो– एकजना राष्ट्रप्रेमी कानुनविद्ले बताए ।
नेपालको कानुनको बर्खिलाप गर्दै हुन्डीको कारोबार गर्ने भारतीय नागरिक सन्तोष जैनलाई कारवाईको शीलशीलामा नेपालमा विद्यमान नियम, कानुनबारे अधिकांश कानुन व्यवसायीहरुको धारणा यसप्रकार रहेको छ– नेपालको कानुनमा विदेशी नागरिकको हकमा मुलुकी ऐन अदालती बन्दोबस्तको ११८ को देहाय ३ बमोजिम तत्काल प्राप्त प्रमाणबाट ६ महिना वा सोभन्दा बढी सजाय हुनसक्ने अपराध कसुर भएमा अभियुक्तहरुलाई पूर्पक्षको लागि थुनामा राखी मुद्दा चलाउनुपर्ने ऐनमा व्यवस्था रहेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०६३ अन्तर्गत अभियुक्तहरुले कसुर अपराध गरेको पाइएमा सोही ऐनको दफा ७१ को (क) अनुसार बरामद भएको बिगो जफत गरी बिगोको तीन गुणा जरिवाना वा तीन वर्षसम्म कैद वा कसुर हेरी दुवै हुनसक्ने दण्ड सजायको कानुनी व्यवस्था रहेको छ । उपरोक्त कानुनको दायरालाई विचार गर्ने हो भने भारतीय नागरिक सन्तोष जैन धरौटीमा कदापि रिहा हुन सक्दैन भनी एकजना सम्मानित पूर्व न्यायाधीशले ठोकुवा गरेका छन् ।
सन्तोष जैनको पेशीलाई अपराधी र कानुनबीचको संघर्ष, दलाली गर्ने सफेदपोश दलाल र नेपालमा विद्यमान न्याय प्रक्रियाबीचको संघर्ष, राष्ट्रप्रेमी र राष्ट्रघात गर्ने अपराधीबीचको संघर्षको रुपमा वीरगंजवासीहरुले लिएका छन् । हेरौं, म·लवार हुने पेशीको आदेशले कुन पक्षलाई उजागर गर्ने हुन् वीरगंजका जानिफकारहरुको कौतुहलता रहेको छ । सम्मानित अदालतको प्रतिष्ठित इजलासले राष्ट्रको प्रमुख दोस्रो अंग न्यायपालिकाको गरिमालाई कायम र्ाख्ने माथी
वीरगंजवासीहरु आश्वस्त छन् ।

प्रतिक्रिया