वीरगंज, २८ मंसिर ।
पर्सामा प्रहरी उपरीक्ष्ँक गोविन्द साह आएपछि हर्ताकर्ता सई विनोद साहले अलटाइम पिसिओका सञ्चालक सञ्जय अग्रवाललाई बोलाएर कुरो मिलाई सुन तस्करीको लाइन शुरु गराएका छन् ।
सुन तस्करीको लाइन खुलाउन वीरगंजका पुराना तथा नामुद तस्करहरुले जनकपुर गौशालाका एकजना कारोबारी सोहन जलानलाई ल्याई निजकै नामबाट सुनतस्करीको लाइन शुरु गरेको समाचार स्रोतको दावी छ । सोको महिनावारी अलटाइम पिसिओका सञ्चालक सञ्जय अग्रवाल माफर्त् महिनावारी समेत तय गरिएको छ । पूर्वको नामूद तस्कर जलान भए पनि सुनको कारोबार गर्ने वीरगंजका तिनै पुरानो सुन तस्करहरु हुन् । लाइन शुरु भएपछि यही मंसिर २८ गते मंगलवारका दिन एकाबिहानै साढे चार बजेको बखतमा दुई किलो सुन नेपालबाट भारत तस्करीको माध्यमले पुगेको छ । सो सुन काठमाडौंबाट बसमा लोड भई आएको थियो ।
यसरी सुनतस्करीको लाइन शुरु भइसकेपछि अन्य सामानहरुको तस्करी लाइन पनि छिटै शुरु गरिने विश्वस्त स्रोतले जनाएको छ ।
प्रतिक्रिया