वीरगंज, २८ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अजय चौरसियाले कथित राष्ट्रवादको नारा दिएर एमालेले साम्प्रदायिक ध्रुविकरण ल्याउन खोजेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन पर्सा शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य चौरसियाले संविधान जारी गर्ने बेलामा नै भएको सहमति बमोजिम संशोधनको प्रस्ताव आएको दावी गरे । संविधान जारी गर्ने बेलामा नै तत्काल संबिधान जारी गरिए पछि संशोधन गर्दै जाने भनि सरकार र प्रतिपक्षी बीच सहमती भएकोले सोही बमोजीम पहिलो संशोधन भएको र सोही अनुसार यसपालीको संशोधन प्रस्ताव आएको बताए । संविधान कार्यान्वयनमा देखिएको समस्या समाधान गर्न संशोधन प्रस्ताव आएको भन्दै उनले यो संशोधन प्रस्तावलाई एमालेले राष्ट्रघाती भन्दै संसदलाई बन्दी बनाएको आरोप लगाए । राष्ट्रियताको नाममा अहिले भईरहेको आन्दोलनले राष्ट्रियता कमजोर पार्नुका साथै साम्प्रदायिक ध्रुविकरण बढाउने भएकोले तत्काल आन्दोलन स्थगित गरी संशोधनमा सहयोग गर्न सम्बन्धीत पक्षस“ग आग्रह गरे । मधेशको यो संशोधन प्रस्तावले मधेशको धेरै हदसम्मको समस्या समाधान गर्ने भएकोले यसमा साथ दिनुको सट्टा एमालेले यो प्रस्तावलाई अतिरंजीत किसिमले राष्ट्रियताको नारा दिई नेपाली नेपालीमा फुट ल्याउन खोजेको आरोप लगाए । पत्रकारहरूको जिज्ञासामा केन्द्रीय सदस्य चौरसियाले मकवानपुर, सिन्धुली तथा उदयपुरको दक्षिणी भाग २ नं. प्रदेशमा राख्दा झनै उपयुक्त हुने बताए । उनले एमाले पार्टी केन्द्रिकृत प्रणालीमा चलीरहेकोले मधेशबाट जित्नु भएको एमालेका सांसदहरूलाई जनताको अभिमतको कदर गर्नुपर्नेमा जोड दिए । नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा प्रेस युनियनका केन्द्रीय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहा, नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का सभापति विजय सर्राफ, २ का अरविन्द प्ता, ३ का गम्भीर साह तेली, ५ का रमेश पाण्डे लगायत सहभागी थिए ।
, नेपाल तरूण दल पर्साका अध्यक्ष विरेन्द्र पटेल, नेविसंघका केन्द्रीय सदस्य सुधिर पटेल लगायत नेपाली कांगे्रसका विभिन्न शुभेच्छुक तथा भातृ संघसंस्थाका प्रतिनिधीको उल्लेख्य सहभागिता रहेको थियो ।
, नेपाल तरूण दल पर्साका अध्यक्ष विरेन्द्र पटेल, नेविसंघका केन्द्रीय सदस्य सुधिर पटेल लगायत नेपाली कांगे्रसका विभिन्न शुभेच्छुक तथा भातृ संघसंस्थाका प्रतिनिधीको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिक्रिया