वीरगंज, २७ मंसिर । प्रहरी चौकी इनर्वाका सइ विनोद साहले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गोविन्द साहलाई आफूले वीरगंज ल्याएको धाक लगाउँदै रकम उठाउने कार्य शुरु गरेका छन् ।
सई साहले वीरगंजमा मैले आफ्नो एसपी ल्याएको भन्दै कसलाई कुन कुन चौकीमा जानुछ, कसलाई टाइगर टोलीको इन्चार्ज बनाउनुछ, कसलाई क्राइमको घुमुवा र कसलाई आर्थिक घुमुवा बनाउनुछ त्यसको सम्पूर्ण अभिभारा र कार्य विभाजन आफूले गरिरहेको फ्लाक्न थालेका छन् ।
प्रहरी उपरीक्षक राजुबाबू श्रेष्ठको सरुवा भएपश्चात् वीरगंज आएका नयाँ एसपी गोविन्द साहलाई मैले ल्याएको भन्दै फुर्ती लगाउँदै हिंड्ने सई विनोद साहले इनर्वा प्रहरी चौकीमा कार्यरत छन् । एसी आफ्नो मान्छे भन्दै पर्सा जिल्लाभरि कार्यरत प्रहरी चौकी इन्चार्जमार्फत् हल्ला फैलाई विभिन्न चौकीमा पोस्टिङ गराइदिने भन्दै रकम असूल्न थालेका छन् । त्यत्तिमात्र होइन आफू शंकराचार्य गेट इनर्वा प्रहरी चौकीमा जाने र समस्त क्राइम, आर्थिक घुमुवाहरुलाई परिचालन गर्ने जिम्मा गृहमन्त्री विमलेन्द्र निधिले आफूलाई दिएको ध्वांश दिंदै आएका छन् । उनले पर्साका एसपी गोविन्द साहलाई जेजस्ते भने सोही अनुसार गर्ने धाक लगाउंदै रक्सौलबाट वीरगंजसम्म माल ढुवानी गर्ने ब्लैकियाहरुको माझमा कुरा गरिरहेका छन् ।
विश्वस्त स्रोतका अनुसार सई विनोद साह आफ्नो गोजीमा दुई वटा सूची बोकेर हिंडिरहेका छन् । एउटा सूचीमा टाइगर टोलीको इन्चार्ज सुनील सिंहलाई हटाएर सोको ठाउंमा असई सहनीलाई राखेको, आर्थिक घुमुवाको इन्चार्जमा असई अरविन्द यादवलाई र वीरेन्द्र पण्डित, देवेन्द्र लगायतका व्यक्तिहरुलाई बाहिर जिल्लाबाट तुरुन्त काजमा ल्याएको लेखेका छन् भने अर्को सूचीमा नाका नाकामा रहेका प्रहरी चौकीहरुमा भएको इन्चार्जहरुलाई हटाई त्यसको ठाउँमा आफ्नो व्यक्तिहरुलाई राख्ने लेखेका छन् । जस अनुसार प्रहरी चौकी परवानीपुरमा सई धामी, ड्राइपोर्टमा असई शम्भु मिश्रालगायत विभिन्न पर्सा प्रहरीका सई असई र हवल्दारहरु विभिन्न चौकी, इप्रकाहरुमा हेरफेर गरेको लिस्ट देखाउंदै पुरानो ब्लैकियाहरुलाई दुई महिनाभित्र लाइन सञ्चालन गर्ने हुँदा सम्पर्कमा रही आआफ्नो लाइनको दररेट तय गर्न निमन्त्रणा समेत दिएको
समाचार स्रोतको दावी छ ।
यहाँसम्म कि सुनको लाइन खोल्नको लागि एकजना व्यक्तिलाई कुरा मिलाउन समेत खटाइसकेको गफ सई विनोद साहले दिएको कुरा सामुन्ने आएको छ ।
जिप्रका पर्सामा प्रउ पदमा गोविन्द साह कार्यरत भए पनि आफू सबै हर्ताकर्ता रहेको फूर्ती लगाउंदै सई विनोद साह हिंडिरहेको देखेर वीरगंजको प्रहरी वृत्तमा निकै चर्चाको विषय बनेको छ । हेरौं यस बीच प्रउ गोविन्द साह र सई विनोद साहमध्ये को चाही बढी पावरफूल हुनेछन् ।

प्रतिक्रिया