वीरगंज, २२ भदौ । वीरगंज उपमहानगरपालिकाले माईस्थानदेखि पश्चिम
गीतामन्दिरदेखि पूर्व रोडको उत्तरतर्पm रहेको रामजानकी मन्दिरको जग्गा
अतिक्रमण गरेकोहरुबाट अतिक्रमणमुक्त गराउनुको पछाडि ठूलो रकमको चलखेल
रहेको तथ्य सार्वजनिक भएको छ ।
उक्त जग्गाको अगाडितिर रोड साइडमा रक्सीभट्टीलगायतका पसलेहरुले
श्रीरामजानकी मन्दिरको जग्गा अतिक्रमण गरी पसल थापेर बसेका थिए । सो
जग्गामाथिको अतिक्रमण नगरपालिकाका कार्यकारी अधिकृत विष्णु कोइरालाले
डोजर लगाई भत्काएका थिए । तत्कालीन झट हेर्दा राम्रो काम गरे जस्तो देखिए
पनि त्यसभित्र रु. १ करोड रुपैयाँको चलखेल रहेको तथ्य उजागर त्यसबेला हुन
पुग्यो जब महावीर रुंगटाको एकजना कर्मचारीले विष्णु कोइरालालाई केही रकम
भुक्तानी दिइसकेको कुरा यस दैनिकलाई बताए । रामजानकी मन्दिरको सो जग्गाको
उत्तरपट्टी महावीर रुंगटाको २ कठ्ठा जग्गा रहेको र सो जग्गामा कहीबाट
जाने बाटो नभएको हुंदा जग्गा काम नलाग्ने भएको थियो । विष्णु कोइराला
पैसा खाएर काम गर्ने व्यक्ति रहेको कुरा विष्णु कोइरालाको आसेपासेहरुबाट
थाहा पाएपछि महावीर रुंगटाले विष्णु कोइरालासंग बाटो खुलाउन जग्गा उपलब्ध
गराइदिन चाजोपाजो मिलाउन थाले । मोलतोलपश्चात् गीतामन्दिरको पूर्व
माईस्थान जाने रोडबाट रामजानकीको जग्गा हुंदै उत्तरतर्पm २० फुटको रोड
महावीर रुंगटाको जग्गासम्म पु¥याइदिंदा महावीर रुंगटाले सो रोड
पु¥याएबापत ८० लाख र रामजानकी मन्दिरको जग्गामा माटो पुरेबापत रु २० लाख
दिने गोप्य सहमति गरेपश्चात् सो जग्गामाथि गरिएको अतिक्रमणमाथि कार्यकारी
अधिकृत विष्णु कोइरालाले बुल्डोजर चलाए र धमाधम माटो पुर्ने काम शुरु गरे
। जग्गा अतिक्रमण मुक्त हुनासाथ पहिलो किस्ता र माटो पुर्ने कामको लागि
रु. ४० लाख कोइरालाले रुंगटासंग लिइसकेका छन् । ततपश्चात् केही
व्यक्तिहरु पुनरावेदन अदालतबाट सो जग्गामा माटो पुर्ने काममाथि रोक
लगाउने आदेश दिएपश्चात् त्यहाँको काम रोकिन पुगेको छ ।
काम रोकिएपछि महावीर रुंगटाले आप्mनो जग्गासम्म माटो पुरेर बाटो खोलाउन
कार्यकारी अधिकृत कोइरालालाई एकातर्पm दबाब दिइरहेका छन् भने कोइरालाले
सक्दो जति छिटो उक्त जग्गामा माटो पुरेर बांकी पैसा उठाउनको लागि
छटपटाइरहेको र आप्mनो भ्रष्ट निकायका मतियारहरु बीच मिटिङ गरेर
वकिलमार्पmत् अदालतको रोक्का फुकुवा गराउने तर्खरमा लागेको कुरा
नगरपालिकाका कर्मचारीले बताउंछन् ।
यसैगरी पावरहाउसदेखि पश्चिमतर्पm जाने हुलाकी मार्गको बाटोमा पर्ने नाला
वरपरका घरटहराहरु भत्काउनको लागि नगरपालिकामाथि मुद्दा चलिरहेको थियो ।
सो सन्दर्भमा हुलाकी राजमार्ग वरपरका अतिक्रमण हटाउनबारे पावरहाउसदेखि
पूर्व प्रतीमा चोक हुंदै कलैयासम्मको १३ किलोमिटरको जग्गा हुलाकी
राजमार्गमा पर्ने हुंदा सोको अतिक्रमण हटाउन मिल्ने र पावरहाउस चोक (जिरो
माइल) देखि पश्चिमको अतिक्रमण हटाउन तोडफोड गर्दा सोको क्ष्Fतिपूर्ति
नगरपालिकाले बेहोर्ने भनी निर्णय गरेपछि परियोजनाको काम स्थगित हुन
पुगेको छ । सो परियोजना स्थगित भएको कारणले कोइरालालाई आउने कमिशन
अवरुद्ध भएको मझौला शहरी वातावरणीय विकास परियोजनाको लेखाफांटका स्रोतले
जनाएको छ ।

प्रतिक्रिया