वीरगंज, २८ भदौ । भारतीय सीमावर्ती क्षेत्रमा प्रहरीले मदिरा बिक्री वितरणमा कडाइ गरेको छ। यसक्रममा प्रहरीले मदिरा पसल बन्द गराउनुका साथै सा“झ ‘मादक पदार्थ सेवन (मापसे)’ चेकजा“चसमेत बढाएको छ। सीमापारि बिहारमा मदिरा बिक्री, वितरण र उत्पादनमा पूर्णरूपमा रोक लगाएपछि उताका सर्वसाधारण नेपाली भूमिमा आएर मापसे गर्दै आएका छन। यसले सीमावर्ती नेपाली भूमिमा मदिरा व्यवसाय फस्टाएको छ।
तर मापसे गर्ने भारतीयहरूले होहल्ला गर्ने, डर र त्रास देखाउन थालेपछि प्रहरीले मदिरा बिक्री वितरणमा कडाइ थालेको हो। दुई साताअघि प्रहरीले अन्तर्राष्ट्रिय सीमाबाट ५ सय मिटरभित्र नेपाली भूमिमा खुलेका ६३ मदिरा पसल बन्द गराएको थियो। सीमा प्रहरी चौकी इनर्वाले एकै दिनमा ४५ भारतीयलाई मापसेमा कारबाई ग¥यो। प्रहरीको कडाइले मदिरा व्यवसायमा असर परेको गुनासो व्यवसायीहरूको छ।
उनीहरूका अनुसार मदिरा सेवन गरी मोटरसाइकल र गाडीमा चालक राखेर फर्किरहेका भारतीयलाई नेपाल प्रहरीले रातको समयमा डर, त्रास देखाउने गरेको गुनासो बढेको छ। ‘व्यवसायीले कर तिरेपछि सुरक्षा दिने जिम्मेवारी प्रहरीको हो,’ भिस्वाका एक मदिरा व्यवसायी भन्छन, ‘सरकारको एउटा निकायले कर लिएर मदिरा व्यवसायका लागि इजाजत दिन्छ र अर्काे निकायले असुरक्षा देखाएर व्यवसाय नै बन्द गराउनु न्यायसंगत भएन।’
प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले मदिरा सेवन गरी भारतीय ग्राहकले होहल्ला गर्ने, चेलीबेटी जिस्क्याउने र झगडा गर्ने हुनाले कारबाई थालेको बताए। ‘प्रहरीले नियन्त्रण गर्न खोज्दा प्रतिकार गर्छन,’ उनले भने, ‘सीमावर्ती क्षेत्रको मदिरा व्यापारले असुरक्षा बढाएको छ।’ मदिरा सेवन गरी चालक राखेर फर्किएका कसैलाई पनि कारबाई नगरिएको एसपी श्रेष्ठले दाबी गरे।
गत अप्रिल १ देखि भारतको बिहार राज्यमा मदिरा बिक्री, वितरण र उत्पादनमा प्रतिबन्ध लागेपछि सीमाक्षेत्रका नेपाली मदिरा व्यवसायीको व्यापार ह्वात्तै बढेको थियो। दैनिक १० जना ग्राहक आउने पसलमा बिहारको प्रतिबन्धपछि एक सयको हाराहारीमा भारतीय ग्राहक आउन थालेको व्यापारी बताउ“छन। सीमावर्ती क्षेत्र पर्साका ४० व्यापारीले आन्तरिक कर कार्यालयबाट मदिरा बिक्रीका लागि लाइसेन्स पनि लिए। कारोवार दिनानुदिन बढेको थियो। मदिरा व्यवसायस“गै खाद्यान्नको व्यापारसमेत फस्टाएको व्यापारी बताउ“छन। नेपालबाट मदिरा सेवन गरी फर्किने भारतीयलाई नेपाल प्रहरीले कारबाई बढाउन थालेपछि व्यापार चौपट भएको व्यापारीको आरोप छ।
पर्साको जानकीटोला, परसौनीभाटा, खेस्राहा, टिहुकी, इनर्वा, आसवारी, भिस्वा, पीडारीगुठी, छपकैया, अमरपट्टी गाविसका मदिरा पसल अहिले सुनसान बनेका छन। वीरगंज भन्सार क्षेत्रका मदिरा पसलमा समेत ग्राहक आउन बन्द भएको व्यापारी बताउ“छन। प्रहरीको पछिल्लो कारबाईको फाइदा तस्करले लिएका छन। प्रहरीको डरले ग्राहक आउन बन्द भएपछि तस्करले मदिरा बिहारमै पु¥याइदिन थालेको व्यापारीहरू बताउ“छन ।
प्रतिक्रिया