Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

गण्डक अस्पतालको लापरवाहीको कारण नवजात शिशुको मृत्यु , बिरामीहरुको चरम आर्थिक शोषण गरिन्छ

SHARE: 520


वीरगंज, २ असोज । नवजात शिशुको मृत्यु भएपछि गण्डक अस्पताल शनिवार दिनभर तनावग्रस्त भएको छ भने सा“झ शिशुको शव परिवारजनले बुझेपछि अस्पतालको अवस्था सामान्य भएको छ ।
प्रशासन र डाक्टरको लापरवाहीले एक नवजात शिशुको ज्यान गएको भन्दै परिवार तथा आफन्तहरूले प्रदर्शन गरेपछि शनिवार दिनभर नै अस्पताल तनावग्रस्त भएको थियो ।
गण्डक हस्पिटलमा गत भदौ २८ गते जन्मिएकी शीशुको शनिवार बिहान आइसियु कक्षमा उपचारकै क्रममा मृत्यु भएको हो । उपचारमा डाक्टरले लापरवाही गरेकोले शीशुको मृत्यु भएको भन्दै मृतक शीशुका परिवारका सदस्य र आफन्तहरूले शनिवार दिनभर अस्पताल परिसरमा प्रदर्शन गरेका छन उनीहरूले शनिवार सा“झसम्म मृतक शीशुको शव बुझन नमानेको अस्पतालका प्रशासन प्रमुख सन्तोष रौनीयारले बताए ।
गण्डक हस्पिटलमा गत भदौ २८ गते पर्साको चोर्नी ४ कोनिया गाउकी अन्तिमा देवी सुत्केरी गराउन भर्ना भएकी थिइन । भदौ २८ गते सा“झ जन्मिएकी शीशुलाई श्वास प्रश्वासमा समस्या रहेको भन्दै त्यही दिन बेलुका अस्पतालका चिकित्सक डाक्टर अतिन्द्र् मिश्रले आइसीयु कक्षामा भर्ना गर्न लगाएका थिए ।
डाक्टर मिश्रले बिहीवार देखि नै शीशुको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले दुइ तीन दिनमा आमा बच्चा दुवैलाइ डिस्चार्ज गरिदिने बताउदै आएको भएपनि शनिवार बिहान अचानक बच्चा मरयो भनेर खबर गरेको मृतक शीशुका बुबा सुनिल पाण्डले बताए ।
नर्मल डेभिरी भएर बच्चा जन्मिएको भएपनि डाक्टर मिश्रले आइसीयुको भेन्टिलेटरमा चार दिन राखे, उनले भने, तर आज बिहान अचानक बच्चा मरेको खबर गरे । अहिले सम्म उपचारका बहानामा अस्पताल प्रशासनलाइ आफुले ४० हजार रूपैया शुल्क तिरीसकेको भन्दै पाण्डेले भने,-‘डाक्टर र अस्पतालको चरम लापरवाहीकै कारण मेरो बच्चाको मृत्यु भएको हो ।
आइसियु कक्षामा राखेकै दिन देखि बच्चालाइ डाक्टर र अस्पताल प्रशासनले हेर्न समेत नदिएको भन्दै मृतक शीशुका हजुर बुबा रामाननद पाण्डेले भने,‘ डाक्टरले आमालाइ पनि आफनो बच्चा हेर्न दिएका थिएनन, आज बिहान अचानक बच्चाको मृत्यु भएपछि मात्र डाक्टरले हामीलाइ खबर गरेका हुन ।
तर अस्पतालको प्रशासन प्रमुख सन्तोष रौनीयारले भने नवजात शीशुको उपचारमा कुनै पनि किसीमको लापरवाही नभएको बताए । शनिवार बिहान ३ बजे तिर नवजात शीशुको श्वास प्रश्वासमा केहि जटिल समस्या देखिएपछि उपचार गरेपछि पाँच बजे तिर अवस्था सामान्य भएपनि बिहान ६ बजे तिर अचानक मृत्यु भएको
रौनीयारले बताए ।
अस्पतालका प्रशासन रौनीयारले मृतक शीशुका आफन्त र अभिभावकहरूले अनाहकमा अस्पताल प्रशासन र डाक्टर माथि आरोप लगाएको बताए ।
गण्डक अस्पतालका डाक्टरले अनावश्यक रूपमा अन्य बिरामीहरूलाइ पनि दुख दिने गरेको आरोप   त्यहा भर्ना भएका बिरामीका आफन्तहरुले लगाएका छन ।
हात भाचिएर उपचारका लागि अस्पतालमा आउने बिरामीलाइ पनि डाक्टरहरूले आइसीयु कक्षमा राख्न लगाउने गरेको बिरामीका आफन्तहरू बताउका छन ।शनिवार अस्पतालमा भेटिएका रौतहटका रामचन्द्र पण्डितले भने,‘ मेरो छोराको हात भाचिएर उपचारका लागि लिएर आउदा दुइ दिन देखि आइसीयुमा राखेका छन,आइसीयुमा राखे बापत एक दिनको सात हजार रूपैया तिर्नु परेको छ ।
यस्तै बारा पचरौताकी इन्दु देवीले पनि अस्पतालका डाक्टर फजुलमा खर्च गराउने गरेको बताइन । मेरो ससुरालाइ भर्ना गरेकी छु, सधै बिहान चार पाँच हजारको औषधी किन्न लगाउछन, उनले भनिन, बेलुकी फेरि औषधी सकियो भन्दै दुइ तिन हजारको औषधी किन्नु पर्छ।यस अस्पतालमा बिरामीलाई व्यवसायको समाग्री सम्झिन्छ र चरम आर्थिक शोषण गरिन्छ । 

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: गण्डक अस्पतालको लापरवाहीको कारण नवजात शिशुको मृत्यु , बिरामीहरुको चरम आर्थिक शोषण गरिन्छ
गण्डक अस्पतालको लापरवाहीको कारण नवजात शिशुको मृत्यु , बिरामीहरुको चरम आर्थिक शोषण गरिन्छ
Brahmastr Daily
https://www.brahmastra.com.np/2016/09/blog-post_47.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2016/09/blog-post_47.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content