Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

मोकुल जस्ता नाबालिग र रवि जस्ता निर्दोषमाथि प्रहरीले कहिलेसम्म अत्याचार गरिरहला ?

SHARE: 520

वीरगंज, १२ असोज /
जिल्ला प्रहरी कार्यालय, पर्सामा अनाहकको मुद्दाहरु चलाएर सर्वसाधारण
नागरिकलाई दुःख दिइरहेको जनगुनासो प्राप्त हुन आएको छ ।
वीरगंज उपमहानगरपालिका वडा नं. इनर्वा निवासी रामराज यादवको ११ वर्षीय
नाबालिग छोरा मोकुल यादवलाई अकारण इनर्वा प्रहरी चौकी शड्ढराचार्य गेटका
इन्चार्ज अर्जुन देवकोटाले पक्राउ गरी वडा प्रहरी कार्यालय
बिर्तामार्पmत् केही सार्वजनिक अपराध मुद्दा चलाएको छ । यादवको पारिवारिक
स्रोतले उपलब्ध गराएको विवरण अनुसार यही असोज १० गतेका दिन शड्ढराचार्य
गेटको दक्षिणतर्पm रहेको आप्mनो जग्गामा मोकुल यादव दाइ मनीषराज यादवसँग
बसिरहेको बखत गाडी लिएर गएका अर्जुन देवकोटाले भाइ तिमी दुवैजना गाडीमा
आऊ, बस भनेर ल्याई वडा प्रहरी कार्यालय बिर्ताको हिरासतमा राखे ।
भोलिपल्ट अर्जुन देवकोटा आपैंmले अनैतिक पार्किङ गरी शुल्क उठाएको भनी
नाबालिग मोकुल र मनीषराज यादवमाथि प्रतिवेदनको आधारमा केही सार्वजनिक
अपराध दर्ता गरी ६ दिनको म्याद लिएको छ ।
नाबालिग माथि यसरी मुद्दा चलाउन नमिल्ने भए पनि प्रहरीले हतार हतारमा
मुद्दा चलाएको कानुनविद्हरु बताउँछन् । नाबालिगको मुद्दा चलाइ सकेपछि पनि
प्रहरीलाई त्यसको कुनै अफसोस र सो सम्बन्धी कानूनी ज्ञान नरहेको वडा
प्रहरी कार्यालय बिर्ताका प्रहरीले बताएका छन् । प्रहरीको प्रतिवेदनको
आधारमा मात्रै मुद्दा चलाइनुले पञ्चायती राजको प्रहरी गुन्डागर्दीको चरम
सीमा पनि यसपालि पर्सा जिल्लामा पार गरिरहेको वडा प्रहरी कार्यालयभित्र
अनाहकमा मुद्दा खेपिरहेका पीडित अभिभावकहरुको गुनासो पोख्दै गरेको
जोसुकैले पनि हेर्न र सुन्न सक्छ ।
यस केही सार्वजनिक अपराध मुद्दा अन्तर्गत नाबालिगलाई पारिसकेपछि सरकारी
वकिल कार्यालयमार्पmत् प्रहरीलाई कानुनी व्यवधानबारे प्रहरीलाई थाहा
जानकारी गराएपश्चात् निल्नु न ओकल्नु भएको छ । मुद्दा दर्ता गरिदिएर
प्रहरीले ठूलो गल्ती गरेको कानुन व्यवसायीहरु बताउँछन् ।
यसैगरी एउटा अर्को निकै निन्दनीय र हुँदै नभएको घटनाको मुद्दा पनि
जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएको छ । वीउमनपा वडा नं. १०
पानीटड्ढी निवासी रवि सर्राफमाथि निजको ज्वाईं पर्ने मनोज गुप्ता,
श्रीमती मनिता सर्राफले आप्mनो १३ वर्षीया नाबालिग छोरी सेल्फी (नाम
परिवर्तित)लाई जबरजस्ती करणी गरेको उजुरी दिन लगाएर बुबामाथि नै मुद्दा
चलाउन पुगेका छन् । अधिकार प्राप्त अधिकारी समक्ष दिएको बयानमा छोरीले
आपूmसित यस्तो कुनै पनि घटना बुबाले नगरेको भिनाजु र आमाले भने अनुसार
भनिदिएको भनी त्यहाँ बुभ्mन गएका महिला राजनीतिकर्मीहरुसित बताएको बारेमा
तराई मधेस सद्भावना पार्टी महिला जिल्ला अध्यक्ष सीता पटेलले बताएकी छिन्

यसरी मधेस समाजमा हुनै नसक्ने प्रकृतिका जबरजस्ती करणी बुबाले छोरीलाई
गरेको जघन्य प्रवृत्तिका मुद्दा अनाहकमा रवि सर्राफमाथि जिल्ला प्रहरी
कार्यालयले चलाएको बुझिन आएको छ । लहलहैमा प्रहरीले तत्सम्बन्धी
अनुसन्धान नै नगरीकन ह्वात्तै मुद्दा दर्ता गरिदिएर चलाइदिनाले कतिपय
निर्दोष व्यक्तिहरु अनाहकमा कारागारमा आप्mनो जीवन बिताइरहेको
कारागारभित्रका कैदीबन्दीहरु अवलोकन गर्न जाने पत्रकारहरुलाई बताउँछन् ।
त्यस्तै प्रवृत्तिका यो घटना पनि प्रहरीकै कमी कमजोरी र लापरवाहीको
कारणले हुन गएको महिला राजनीतिकर्मी तथा महिला समाजसेवीको ठम्याइ रहेको छ
। प्रहरीको अदूरदर्शिताको कारण रवि सर्राफको जीवन नारकीय हुनुको साथसाथै
आप्mनै नजरमा खस्न पुगेका छन् । छोरीले आपूmसित बलात्कारको घटना नभएको र
बुबा रविले आपूm कुनै प्रकारको जबरजस्ती करणी नगरेको बताइरहँदा पनि
निजहरुको करुण वेदना प्रहरीको कर्णपटलमा स्पन्दन गर्न सकिरहेको छैन । र
प्रहरी बहिरो बनेर एकतर्फी मुद्दा चलाइसकेको कसरी सच्याउने जुँगाको लडाई
लिएर आपूm नै ठीक भन्नेतिर निर्दोष व्यक्तिलाई जघन्य प्रवृत्तिको अपराधमा
फसाउन लागेका छन् ।
मोकुल यादव र रवि सर्राफ त एउटा जानकारीमा आएको नमूना मात्र हुन् ।
यस्ता दर्जनौं निर्दोष व्यक्तिहरु पर्सा प्रहरीको करकाप र प्रतिवेदनको
शिकार भई अनाहकमा कैदीबन्दीको जिवन बिताउन बाध्य भएका छन् । प्रहरी
प्रतिवेदनको आधारमा चलाइने जंगे प्रवृत्तिका कानूनको अन्त कहिले हुने हो
? के त्यो प्रहरी प्रतिवेदन जस्तो मन नपरेको व्यक्तिलाई थुनेर मुद्दा
चलाउने जंगे कानुन रहिरहोस् त्यसैको लागि प्रजातान्त्रिक आन्दोलन भएको हो
त ? के गणतान्त्रिक लोकतान्त्रिक नेपालको संविधानले प्रहरीको मनोपोली
प्रतिवेदनको आधारमा चल्ने प्रवृत्तिको अन्त्य गर्न सक्ला र ? प्रहरी मेरो
साथी नारामात्रै लगाएर के प्रहरीको छवि सुध्रिने हो र ? काम कारबाईमा
त्यसलाई उतार्नु आवश्यक छैन र ? यसप्रकारका अनेकौं अनुत्तरित प्रश्न
नागरिक समाजको रहेको छ ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: मोकुल जस्ता नाबालिग र रवि जस्ता निर्दोषमाथि प्रहरीले कहिलेसम्म अत्याचार गरिरहला ?
मोकुल जस्ता नाबालिग र रवि जस्ता निर्दोषमाथि प्रहरीले कहिलेसम्म अत्याचार गरिरहला ?
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiyhU6AstUHnAhBK5i1N3CX8yGyUhK4YYH4Ib8ulrcCurO9jtADZD5qKaIDxh1WrPRQx8FF_Ock7RjlKtPfGiPppk82SMPcJrYC5mUpRR_j6I2wbQMYipBFaruLMRDFO7R1tfnfKQNK9Wu7/s320/20160928_191534-762502.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiyhU6AstUHnAhBK5i1N3CX8yGyUhK4YYH4Ib8ulrcCurO9jtADZD5qKaIDxh1WrPRQx8FF_Ock7RjlKtPfGiPppk82SMPcJrYC5mUpRR_j6I2wbQMYipBFaruLMRDFO7R1tfnfKQNK9Wu7/s72-c/20160928_191534-762502.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2016/09/blog-post_28.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2016/09/blog-post_28.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content