वीरगंज, ३ असोज .
पोखरिया अस्पतालको आ“खा विभागको आयोजना र नारायणी युनेस्को संघ नेपालको सहयोगमा आज पोखरिया अस्पतालमा एक दिने निःशुल्क आ“खा चेकजा“च शिविर सम्पन्न भएको छ ।
शिविरमा २४६ व्यक्तिहरुको आ“खा परीक्ष्ँण गरी निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा नेत्ररोग विशेषज्ञ मनोरञ्जन यादवलगायतले रोगीहरुको आ“खा चेकजा“च गरी औषधि वितरण गरिएको थियो ।
कार्यक्रमको सभापतित्व युनेस्कोका अध्यक्ष उपेन्द्र यादव, सचिव पुनीत गुप्ता, सहसचिव जीतेन्द्र साहलगायतले गरेका थिए भने अस्पतालका अन्य कर्मचारीहरुले सहयोग गरेका थिए ।
एकदिने निःशुल्क आ“खा चेकजा“च शिविरमा सयौं गाउ“लेहरुको सहभागिता जनाएका थिए । पोखरिया अस्पतालमा आ“खा विभाग आएदेखि ग्रामीणबासीलाई आ“खा उपचार गर्न सजिलो भएको छ ।
प्रतिक्रिया