वीरगन्ज २ असोज प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण गर्ने टोलीमा मधेसी मोर्चाका सांसद लालबाबु राउत र जंगीलाल यादवसमेत सहभागी छन् ।
दिल्लीमा भेटिएका सांसद राउतलाई सोधेको छ, तपाईहरु प्रचण्ड सरकारसँग सन्तुष्ट हुनुभएको हो ? जवाफमा उनले प्रचण्ड सरकारसँग आफूहरु असन्तुष्ट रहेको बताउँदै संविधान विरोधी गतिविधि जारी राख्ने चेतावनी दिए । संघीय समाजवादी फोरमका नेतासमेत रहेका राउतसँग अनलाइनखबरले गरेको छोटो कुराकानी यस्तो छः
मधेसी मोर्चाका सांसदसससमेत प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी हुनुलाई अब प्रचण्ड सरकार र मधेसी मोर्चावीच कुरा मिलेको अर्थमा बुझ्दा हुन्छ ?
यो रुपमा बुझ्दा हुँदैन । मधेसको मुद्दलाई भारतसँग कसरी सरकारले राखिरहेको छ, त्यसलाई हामीले अब्जर्भमात्रै गरेका हौं ।
कस्तो पाउनुभयो त यो भ्रमणमा ?
हामीले के पायौं भने यहाँको सरकारबाट हाम्रा मुद्दाहरुमा अहिल्यै पनि प्रचण्डजीको सरकारले जुन गम्भीरता देखाउनुपर्ने हो, त्यो देखाएको छैन । हुन त मधेसका मुद्दामा प्रधानमन्त्रीजीले ठाउँ ठाउँमा भन्नुभएको छ, थारुका मुद्दा मधेसका मुद्दा समाधान नगरिकन यो मुलुकको समस्या समाधान हुँदैन र मुलुक आर्थिक विकासको गतिमा अगाडि बढ्न सक्दैन । यी समस्याहरु समाधान गरेरमात्रै यो मुलुकको समस्या समाधान हुन सक्छ भनेर पटक पटक प्रधानमन्त्रीज्यूले दोहोर्याइराख्नुभएको छ ।
तर, दिल्ली त मधेसको नामसम्म पनि चर्चा भएन नि ?(यात्रा डेली)
प्रतिक्रिया