वीरगंज २७ भदौ । मधेशमा रहेका ११ दलको अध्यक्षहरूको बैठकले असोज ३ गते सम्पुर्ण मधेशका जिल्लाहरूमा संबिधान जलाउने निर्णय गरेको छ । नेपाल समाजवादी पार्टी (लोहियावादी) का प्रमोद कुमार, तराई मधेश राष्ट्रिय अभियानका सीपु तिवारी, मधेश तराई फोरम पार्टीका विजय यादव, नेपाल सदभावना पार्टी (गजेन्द्रवादी) का बिनय चौरसिया, युनाइटेड नेपाल रिपब्लिकन पिपुल्स पार्टीका बिजय ठाकुर, बहुजन समाज पार्टीका रामदयाल पासवान, लोकतान्त्रिक पार्टी नेपालका हरि सिहं सिहंनिया रहेको कुरा सम्पुर्ण दलहरूको तर्पmबाट नेपाल समाजवादी पार्टी –लोहियावादी) का राष्ट्रिय अध्यक्ष ननदन यादवले आज एक प्रेस विज्ञप्ति जारी गरी स्थानीय संचारकमीहरूलाई जानकारी गराएका छन् ।
ठूला पार्टीका नेताहरूले संबिधानमा मधेश र मधेशी, दलित, जनजाति, अल्पसंख्यक लगायत जनताको हक अधिकारका लागि विगतमा गरिएको जन आन्दोलनका बिभिन्न मा“गहरू पुरा गराउने हेतु मोर्चाले वीरगंजको रक्सौल मितेरी पुल देखि काठमाण्डौको टुडीखेल मैदान सम्म आन्दोलनको लहर पुरयाएता पनि मोर्चाका नेताहरूले मधेशको मा“ग पुरा गराउन वारम्वार असक्षम भएको ११ दलका राष्ट्रिय अध्यक्षहरूको बैठकले ठहर गरेको छ ।
बैठकले मधेश जन आन्दोलनको लहरलाई लहराउदै असोज ३ गते सम्पुर्ण मधेशका जिल्लाहरूमा संबिधान जलाउने निर्णय गरेको छ । भने समग्र मधेश एक स्वायत प्रदेश (अखण्ड मधेश) स्थापनार्थका लागि ११ दलका राष्ट्रिय अध्यक्षहरूले प्रतिबद्धता समेत जाहेर गरेका छन ।
बैठकमा ११ दलका राष्ट्रिय अध्यक्षहरूले एक आपसमा कार्यगत एकता एवं सहकार्य गरी समय – समयमा कार्यक्रम तैयारी गरेर अगाडी बढनुको साथै सो कार्यक्रमलाई सफल पार्नको लागि एक कार्य दल गठन गरिएको छ ।
प्रतिक्रिया