वीरगंज,३ असोज । असोज ३ गते सरकारले संविधान दिवस मनाइरह“दा देशै भरी मधेशवादी दलहरूले विरोधका विभिन्न कार्यक्रमको आयोजना गरी संविधान घोषणा भएको दिनलाई कालो दिवसको रूपमा मनाउ“दै विरोध प्रदर्शनहरू गरेका छन् ।
वीरगंजको घण्टाघरमा आज मधेशी मोर्चाले मधेश आन्दोलनको वेला लिइएका तस्वीरहरूको फोटो प्रदर्शनी कार्यक्रमको आयोजना गरेको छ । त्यसै गरी दिउ“सो २ वजे वीरगंजमा विरोध जुलुस प्रदर्शन तथा विरोध सभाको आयोजना गर्ने सयुक्त मधेशी मोर्चा पर्साले जनाएको छ ।
त्यसै गरी संविधान दिवसको विरोध गर्दै मधेशी मार्चाका नेता कार्यकर्ताले बाराको कालैयामा पनि प्रदर्शन गरेको छ । त्यसै बाराको कलैयामा रहेको भरत चौकमा जम्मा भएका मोर्चाका नेता कार्यकताले टायर वाली नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । मधेशी मोर्चाले सा“झ ७ वजेदेखि ब्ल्याकआउट गरेका थिए । यसैबीच नेपाल समाजवादी पार्टी लोहियावादी जिल्ला कार्यसमिति पर्साले बिहान वीरगंजको महावीर मन्दिर अगाडी मुल सडक अवरूद्ध गरि नेपालको संविधान २०७२ जलाएको छ ।
कार्यक्रममा नेपाल समाजवादी पार्टी (लोहियावादी), तराई मधेश राष्ट्रिय अभियान, नेपाल सदभावना पार्टी (गजेन्द्र), युनाईटेड नेपाल रिपब्लिकन पिपुल्स पार्टी, युवा नेपाल पार्टी, बहुजन समाज पार्टी, लोकतान्त्रिक पार्टी नेपाल, मधेश तराई फोरम पार्टी, सोसल रिपब्लिकन पार्टीका नेता तथा कार्यकर्ताहरूले संविधानका प्रतिलिपी जलाएर बिरोध गरेका थिए । कार्यक्रममा मधेशी ९ पार्टीका प्रमोद कुमार, नन्दु यादव, केदार साह तेली, संदिप गुप्ता, राजकिसोर साह, जलेश्वर साह, श्याम बाबु प्रसाद, चन्देश्वर साहलगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो ।

प्रतिक्रिया