वीरगंज, २५ भदौ । वीरगंज उपमहानगरपालिकाका करार सेवाका अस्थायी
कर्मचारीहरुले उपमहानगरपालिकाका अधिकृत रामदयाल यादवमाथि आक्रमण गरी
हातपात गरेपश्चात् रामदयाल यादवको अवस्था अज्ञात रहेको निजको छोराले
बताएका छन् ।
भदौ २४ गते दिउंसो साढे १२ बजे वीउमनपाको करार सेवामा रहेका १५÷२० जना
कर्मचारीहरु रामदयाल यादवको कोठाभित्र गई कानुन विपरीत सिफारिस गर्न दबाब
दिंदा नमानेको हुनाले राजेश क्षेत्री र राजेन्द्र नेपालीले होहल्ला गरी
अधिकृत यादवको टेबुलमाथि सिसा चकनाचुर गर्नुको साथसाथै होहल्ला,
वादविवाद, गाली बेइजतिपश्चात् नगरपालिकामा उत्पन्न विवाद साम्य नहुंदै
अधिकृत यादव २५ गते सांझ घर नफर्केको र घर परिवारको कुनै सदस्यसंग निजको
सम्पर्क नभएको हुनाले आप्mनो बुबाको अवस्था अज्ञात भएको निजको छोरा
रामनरेश यादवले यस दैनिकको कार्यालयमा आई बताएका छन् । घटना पश्चात्
रामदयाल यादव जिल्ला प्रहरी कार्यालयमा हुलाकमार्पmत् आप्mनो उजुरी पठाई
वीरगंज उपमहानगरपालिकाको कार्यालयमा फर्किगएको त्यसपछि बुबासंग कुनै
प्रकारको सम्पर्क नभएको हुनाले घरको व्यक्तिहरु चिन्तित भई काठमाडौं
बसेका दुवै छोरा रामनरेश यादव र राजेश यादवलाई खबर गरेका थिए । आमाबाट
खबर पाएर छोराहरु आज वीरगंज आइपुगी बुबाको चारैतिर खोजतलास गरे र अधिकृत
यादवको कुनै अत्तोपत्तो नलागेपछि कही निजमाथि आक्रमण गर्ने
आक्रमणकारीहरुले आप्mनो बुबालाई बेपत्ता पारेका त होइनन् ? भनी आशंका
छोरा रामनरेशले यस दैनिकलाई बताएका छन् ।
यसरी वीरगंज उपमहानगरपालिकामा जुन घटनाका परिदृश्यहरु भए ती विस्तारै
विकराल रुप लिन थालेको छ । मधेसी मोर्चाका नेता प्रदीप यादवसहितको
व्यक्तिहरु वीउमनपामा प्रतिवेदन लिएर जांदा कार्यकारी अधिकृत विष्णु
कोइराला क्वार्टरमा रहेको बस्दै गर्नुस् आउंदै छु भने पनि
प्रतिनिधिमण्डलसंग भेट्दै नभेटी काठमाडौंतिर लागेको प्रतिनिधि मण्डलमा
सहभागी व्यक्तिले बताए । नगरपालिकाका प्रवक्ता प्रकाश अमात्यलाई निमित्त
दिएर काठमाडौं गएका कार्यकारी अधिकृत विष्णु कोइरालाले नगरपालिकाको यस
घटनालाई अर्कै रुप दिन थालेको कर्मचारीहरु बताउंछन् ।
सामान्य भैmझगडा र हातपातको यस घटनालाई कार्यकारी अधिकृत कोइरालाले
आप्mनो प्रतिष्ठाको विषय बनाई २४ गते सांझ बजेको बखतमा नारायणी
उपक्षेत्रीय अस्पतालमा गई यहां चोट लागेको, यहां फुटेको, यहां दुखेको
भन्दै आप्mनो शरीरको विभिन्न भागहरु ज"चाई मुद्दा बनाउनेतिर लागेको कुरा
इर्मेजेन्सीमा उपस्थित प्रत्यक्षदर्शीहरुले यस दैनिकलाई बताएका छन् ।
कर्मचारीहरुबीचको आपसी विवादलाई साम्य पारी नगरपालिकालाई सुचारु रुपले
सञ्चालन गर्नुको साटो नगरपालिकाका कर्मचारीहरुबीच आपसी फुट गराएर आप्mनो
दुनो सोभ्mयाउने सोचमा अभैm पनि कार्यकारी अधिकृत कोइराला लागिरहेको
नगरपालिकाका कर्मचारी स्रोतले जनाएको छ । अधिकृत कोइरालाको अवाञ्छित
गतिविधिलाई विरोध गर्ने कर्मचारीलाई सिध्याउने, मुद्दा चलाई जागिरै चट्ट
पारिदिने दुःखद षडयन्त्रपूर्ण कार्य कोइरालाले गरेको र यसले भविष्यमा
नगरपालिकाका कर्मचारीहरुबीचको सद्भाव झन् विथोलिने दुखेसो नाम नछाप्ने
शर्तमा नगरपालिकाका अधिकृतले बताएका छन् ।
यस घटनाको एकतर्फी निर्णय आप्mनो पक्षका व्यक्तिहरुबाट गराई मुद्दा चलाई
अधिकृत रामदयाल यादवलाई सिध्याउने जुन कार्य गरिएको छ, नगरपालिकामा भएको
उक्त घटनाको परिदृश्यलाई एकतर्फीरुपमा प्रस्तुत गरेर कुटाइ खाने
नगरपालिका अधिकृत रामदयाल यादवलाई नै समग्ररुपमा दोषी घोषित गर्ने जुन
कार्य भएको छ त्यस विषयलाई स्थानीय सामान्य प्रशासन र प्रहरी प्रशासनले
घटनाको तहसम्म पुगी छानबिन गरी दोषीहरुउपर कारबाई चलाइयोस् भनी
नगरपालिकाका शान्तिप्रिय कर्मचारीहरुको साथै नगरवासीहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया