वीरगंज, २३ भदौ । वीरगंज भन्सार कार्यालय एयरपोर्ट भन्सार कार्यालयपछि नेपालको सबैभन्दा बढी भन्सार महसुल संकलन गर्ने र राष्ट्रको कूल राजस्वको ५४ प्रतिशत योगदान वीरगंज भन्सार कार्यालयले गर्दै आइरहेकोमा गत वर्षदेखि राजस्व संकलनमा अरबौको ह्रास भएको तथ्यांकले देखाएको छ ।
आव २०७१/७२ मा वीरगंज भन्सार कार्यालयले संकलन गरेको (रु. हजारमा) ३५८५६२४५।– भन्सार महसुल झरेर २३६३७२२३।– (हजारमा) मा पुगेको छ । अर्थात् झन्डै साढे १२ अर्बको नोक्सान २०७२/७३ मा बेहोर्नु परेको छ । यसरी अर्बौ रुपैया भन्सार महसुलमा मात्रै नोक्सान (कर संकलन) हुने भएपछि वीरगंज भन्सार महसुल संकलन गर्ने भन्सारमध्ये दोस्रो स्थानमा झरेको छ ।
२०७२/७३ मा मधेस बन्दका कारण व्यापारीहरु वीरगंज नाका छाडेर भैरहवा भन्सारतिर पलायन भएको कारणले भन्सार महसुल संकलनमा त्यत्रो ठूलो मात्रामा ह्रास हुन पुगेको केही भन्सार क्लियरिंग एजेन्टहरु बताउंछन् भने मधेस बन्दको बेला गाडी र पेट्रोलियम पदार्थ दुवैको आयात हुन सकेन र वीरगंज भन्सारको महसुल संकलनमा यी दुई वस्तुको प्रमुख स्थान हुने गरेकोले राजस्व ह्वात्तै घटेको भन्सार अधिकृतहरु बताउंछन् ।
मधेस बन्द र वीरगंज नाका अवरुद्ध खुलेको ६ महिनापछि सवारी, गाडी, पेट्रोलियम पदार्थ आदिको आयात सुचारु भइसक्दा पनि राजस्व संकलनको प्रक्रियाले आशातित अनुपातमा गति लिन सकेको छैन । कुनै बेला खचाखच भरिरहने भन्सार परिसर आजभोलि प्रायजसो खाली रहने गरेको र एकाबिहानैदेखि बेलुकी रात परुन्जेलसम्म भन्सार अधिकृत र जांचकी कर्मचारीहरुलाई साँस फेर्न फुर्सद हुँदैन थिाये तर हिजोआज ४–५ बजे बेलुकी नै काम नभएर अधिकृत र कर्मचारी खाली बसिरहेको भन्सार प्रमुख सेवन्तक पोखरेलले तर्क दिन्छन् ।
गत वर्ष जुनसुकै कारणले होस पलायन भइसकेको व्यापारीहरु वीरगंज भन्सार फर्किन मानेका छैनन् । खासगरी भारतीय खुद्रा लोकल फाँटबाट भन्सार गरिने सरसामान आयात गर्ने व्यापारीहरु भैरहवा लगायत अन्य भन्सार कार्यालयबाट आफ्नो माल सामान नेपाल भित्र्याउन थालेका छन् । गाडी र पेट्रोलियम पदार्थ तथा ससाना खुद्रा व्यापारी (पायक पर्ने) हरु मात्रै यस नाकाबाट आउने गर्छन् । यहाँसम्म कि निकट भविष्यमा उनीहरु फर्की आउने छांटकांट देखिंदैन जसले गर्दा भन्सार महसुल संकलन अवस्थामा गति आउन सकेको छैन । एकजना अनुभवी भन्सार अधिकृतको भनाइ रहेको छ भने सूचना अधिकारी लोकराज पन्तले वीरगंज भन्सारलाई बढी राजस्व दिने गाडी र पेट्रोलियम पदार्थ पूर्वत: रुपमा आउन थालेका छन् र पलायन भएका व्यापारीहरु पनि विस्तारै विस्तारै आउन थालेको कारणले हामी भदौ महिनाको ९ अर्ब लक्ष्यमध्ये ७५ प्रतिशत असुलिसकेको छौं भनी टिप्पणी गरेका छन् ।
वीरगंज भन्सार कार्यालयको नाका भएर भारतीय मालसामान खासगरी मोटरपार्टस् र मसलाको काम गर्ने व्यापारीहरुको विचार र तर्क भिन्दै रहेको पाइन्छ । वीरगंज भन्सार कार्यालयको राजस्व संकलन घट्नुको पछाडि भन्सार कार्यालयका कर्मचारीहरु नै उत्तरदायी रहेको दोष लगाउँछन् । व्यापारीहरु मालसामान ल्याएपछि प्रति बक्सा (कार्टुन) रु. २ सय जांचकीलाई दिनुपर्ने त्यसमाथि पनि माल खरिद गर्दा दिएको सक्कली बिलको मूल्यमा ५० देखि २ सय प्रतिशतसम्म वृद्धि गरी भन्सार महसुल प्रयोजनको लागि मूल्याकंन कायम गर्ने गरेको र व्यापारीहरुलाई वस्तुको एमआरपीमा पनि झैझमेला गरी जबरजस्ती खरिद मूल्यको दोब्बरदेखि चार गुणा बढाई मूल्याकंन कायम गर्ने गरेकोबाट व्यापारीहरु आजित भई पलायन भएका छन् । अर्कोतर्फ भन्सार अधिकृत र जांचकीलाई मूहमांगा रकमदिने व्यापारीहरुको मालमध्ये आधीको भन्सार गरिदिने बांकी सामान त्यही प्रज्ञापनबाट पटक–पटक ओसार्ने गरेकोले पनि राजस्व संकलनमा ठूलो ह्रास आएको वास्तविकता बयान गर्दै यस दैनिकलाई बताएका छन् ।

प्रतिक्रिया