काठमाडौं, २० फागुन ।
बिहारका मूख्यमन्त्री नीतिशकुमारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा
नेतासँग भेट्दै यहाँको पछिल्लो राजनीतिक विकासवारे चासो राखेका छन ।
बिहीवार बिहान १० बजे होटल द्वारिकामा नीतिशलाई भेट्न पुगेका मोर्चा
नेताले संविधान संशोधन भए पनि मोर्चाको आन्दोलन सम्बोधन हुन अझै नसकेको
बताएका थिए । ४५ मिनेटको कुराकानीमा सद्भावना पार्टी अध्यक्ष राजेन्द्र
महतो, राष्ट्रिय मधेस समाजवादी पार्टी अध्यक्ष शरतसिंह भण्डारी, संघीय
समाजवादी फोरम वरिष्ठ नेता अशोककुमार राई, तमलोपा उपाध्यक्ष वृषेशचन्द्र
लाललगायत नेता सहभागी थिए । नीतिशले सीमांकन र मोर्चाको असनतुष्टिवारे
विशेष चासो राखेका थिए ।
विभाजित मनस्थितिबाट विकास सम्भव नहुने हुँदा देश विकासमा सबैले सहभागी
हुने वातावरण बनोस् भन्ने अपेक्षा राखेको उनलाई उद्धृत गर्दै तमलोपा
उपाध्यक्ष लालले बताए । भेटमा मोर्चाले हालै फिर्ता लिएको पाँच महिना
लामो नेपाल–भारत सीमा नाकाबन्दीवारे भने कुनै चर्चा नभएको बैठक स्रोतले
बताएको छ ।
यसैबीच, मुख्यमन्त्री नितिशकुमारले मधेसको विषय नेपालको आन्तरिक मामिला
भएकाले यसलाई संबोधन गर्न नेपालका नेताहरू सक्षम भएको टिप्पणी गर्नुभएको
छ ।
राजधानीमा रिपोर्टर्स क्लबले आज गरेको कार्यक्रममा उहाले भने, पहाडी,
मधेसी र जनजाति सबै नेपाली हुन । यहााका नेताहरू उनीहरूको समस्या संबोधन
गर्न सक्षम छन । हामी त केवल नेपालको प्रगति र सद्भाव चाहन्छौ ।
नितिश कुमारले नेपालको समस्या नेपालीहरूले नै समाधान गर्ने भएकाले
नेपालको आन्तरिक मामिलामा भारतलाई तान्न नहुने मुख्यमन्त्री नितिश
कुमारको भनाई छ ।
अन्तरिम संविधान भन्दा पनि कम अधिकार बर्तमान संविधानले दिएको मधेसी
नेताहरूले गुनासो गरेकोमा आफुले नेताहरूलाई समस्या नेपालमै समाधान गर्न
सुझाव दिएको उहाले बताए ।
भारतको विहार राज्यका मुख्यमन्त्री नितिशकुमारले मधेसको विषय नेपालको
आन्तरिक मामिला भएको भन्दै यसलाई संबोधन गर्न नेपालका नेताहरु सक्षम भएको
टिप्पणी गरेका छन ।
रिपोर्टर्स क्लब नेपालले विहीबार गरेको साक्षात्कारमामा उनले पहाडी,
मधेसी र जनजाति सबै नेपाली भएको तथा यहाँका नेताहरु उनीहरुको समस्या
संबोधन गर्न सक्षम रहेको बताए ।
नितिशकुमारले मधेसी नेताहरुले आफूलाई भेटेर मधेश आन्दोलनलाई समर्थन गर्न
आग्रह गरेपनि आफुले नेपालको समस्या नेपालमै समाधन गर्न सुझाव दिएको बताए
।
उनले भने,' नेपालको जति पनि समस्या छ, त्यो समस्या नेपालीहरुले नै
समाधान गर्ने हो नेपालको आन्तरिक मामिलामा भारतलाई तान्न हुँदैन ।
नेपालका दलहरुले समस्या समाधान गर्न सक्छन भन्ने प्रमाणित भईसकेको छ ।'
नितिस कुमारले नेपालको संविधान नेपालीहरुको लागि आएकोले यसमा भारतको
कुनै आपत्ति नभएको समेत धारणा राखे । नितिशकुमारले भने, भारतीयहरु
नेपालसँग भावनात्मक रुपमा जोडिएकोले नेपालले पनि विकास गरोस भन्ने
चाहन्छन । नेपालमा विकासको धेरै सम्भावना छ ।' उनले नेपालमा धार्मिक
पर्यटन सहित जलविद्युत, कृषि र उद्योगको सम्भावना उच्चरहेको भन्दै यस
विषयमा सबै संबेदनशील हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया