Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

टैक्टरसँग रकम असूल गर्ने क्रममा विवाद, तीन राउन्ड हवाइ फायर

SHARE: 520

वीरगंज, २२ फागुन । भारतबाट धान तस्करीको बाटो भई नेपाल भित्रिदा
प्रत्येक टैक्टरबाट रकम असूल्ने गरेको कुरालाई लिएर विवाद बढ्न जाँदा
प्रहरी र तस्करबीच कुटाकुट हुनुको साथै ३ राउन्ड हवाइ फायरसमेत गरिएको
प्रहरीले जनाएको छ ।
भारततर्फबाट भारतीय धान बोकेर नेपाल भित्र्याउन लाग्दा चेकप्वाइन्टमा
खटेका प्रहरी चौकी प्रसौनीका प्रहरीले जोन डियर टैक्टर रोकी पैसा माग्दा
आफ्नो टैक्टर नेपालको रहेको भन्दै पैसा नदिई जान खोजेको हुँदा दुवै
पक्षबीच विवाद बढ्दै गयो । टैक्टर साहुका व्यक्ति गाउँ मधवलमा खबर गरेपछि
गाउँका मान्छेहरु आई असइ सुरेन्द्र साहलाई कुटपिट गर्नुको साथै निजले
प्रयोग गरेको ना.३६ प ९८३० को हिरो होन्डा स्प्लेन्डर मोटरसाइकल तोडफोड
गरी खोसेर लगेको असई सुरेन्द्र साहले बताए ।
घटनास्थलमा विद्यमान प्रत्यक्षदर्शीका अनुसार नेपाल, भारत सिमानामा
रहेका जंगे पिल्लर ४०२/८ नं.को पिल्लर नजिक ११ वटा टैक्टर पालैपालो गरी
आउँदै गयो । त्यहाँ खटेका प्रहरीले पुरानो रेट रु. १०००।– प्रति टैक्टरको
दरले पैसा दिंदा काम चल्दैन, नयाँ हाकिम (असइ) आउनुभएको छ । प्रतिट्रिप
१५ सय रुपैया दिनुपर्छ भनी पैसा असूलेर १० वटा टै्रक्टरलाई पठाइ सकेपछि
नेपालकै तिवारी थर भएको व्यक्तिको जोन डियर टै्रक्टर आइपुग्यो । निजले
आफू नेपाली भएको र टैक्टर पनि नेपाली नै भएको हुँदा पैसा दिन मानेन । दुई
पक्षबीच विवाद बढ्दै जाँदा हात हालाहाल, मारपिट समेत भयो । प्रहरी
चौकीबाट थप चारजनाको मदत आए पनि गाउँलेको भीड नियन्त्रण हुने स्थिति
नदेखिएपछि प्रहरीले मदतको लागि इप्रका पोखरियामा तुरुन्त खबर गरे ।
प्रहरी निरीक्षक यमबहादुर गुरुङको कमान्डमा इप्रका पोखरियाबाट थप १०
जनाको मदत प्रसौनी चौकीमा पुगेपछि दुवै पक्षबीच झडप चलिरहेकै थियो ।
तत्काल ५ राउन्ड हवाइ फायर गर्न खोज्दा प्रहरीको राइफलबाट तीन चक्र गोली
फायर भयो भने दुई चक्र गोली राइफलको नालभित्रै किच भएर फायर हुन सकेन ।
स्थिति नियन्त्रणमा भएपछि टैक्टर बैक गरेर चौकीतिर ल्याउन खोज्दा
टैक्टरको पछिल्लो चक्का खोलामा झर्न गई त्यही फसेर बसिरहेका थिए ।
सो घटना सम्बन्धमा टैक्टर साहु तिवारीसँग बुझ्दा आफ्नो १ बिघाहा जग्गा
भारतको बलथर थाना चौक नजिक रहेको सो जग्गाको हुण्डाको धान असूली १२० बोरा
लोड गरेर आफ्नो घरतर्फ ल्याउन लागेका थिए, प्रहरीले मलाई तस्कर र धानलाई
तस्करीको धान सम्झी नजराना मागेपछि खेतको धान ल्याउँदा केको पैसा भन्दै
दिन इन्कार गरेपछि प्रहरीले ममाथि ज्यादति गरी जबरजस्ती गाडी नियन्त्रणमा
लिइराखेको बताए ।
प्रहरी चौकी प्रसौनी भएर भारतबाट धान, दाल, कपडा लगायतका सामानहरु
भारततर्फबाट तस्करीको बाटो भई नेपाल भित्रिने गरेको घटनाहरु पटक–पटक
प्रकाशमा आउने गरेको छ । यसपालि पनि पूर्वत: झै तस्करी सो नाका भएर
भइरहेकोमा प्रहरीले थप रकम दस्तुर बढाउन खोज्दा उत्पन्न भएको विवाद हो
फेरि सल्टिन्छ र समझदारी भई काम यथावत रुपमा चल्ने नै हो एकजना
तस्करवृत्तका व्यक्तिले बताएका छन् ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: टैक्टरसँग रकम असूल गर्ने क्रममा विवाद, तीन राउन्ड हवाइ फायर
टैक्टरसँग रकम असूल गर्ने क्रममा विवाद, तीन राउन्ड हवाइ फायर
Brahmastr Daily
https://www.brahmastra.com.np/2016/03/blog-post_81.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2016/03/blog-post_81.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content