रौतहट, १९ फागुन/ रौतहटमा बसको ठक्करबाट एकजना प्रहरी जवानको मृत्यु भएको छ।
गौरबाट काठमाडौंंंंंंंका लागि छुटेको ना ५ ख ५०५२ नम्बरको ग्यालेक्सी
डिलक्स बसले सखुआवा–८ मा अनटेष्ट आपाची मोटरसाइकललाई गएराति ठक्कर दिँदा
मोटरसाइलमा सवार पिप्रा भगवानपुर–१ प्रहरी जवान श्याम सुन्दर सिंहको
मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका प्रहरी चौकी धनुषाको धनौलीमा कार्यरत जवान
सिंहको उपचारका लागि अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला
प्रहरी कार्यालय रौतहटका नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए।
मोटरसाइकललाई ठक्कर दिने बस र चालक बारा निजगढका चन्द्र तिमल्सिनालाई
प्रहरीले नियन्त्रणमा लिएको छ। घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले
जनाएको छ। सिंहको शवलाई पोष्मार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाइएको
छ।

प्रतिक्रिया