रौतहट, १९ फागुन । जिल्ला प्रहरी कार्यालय रौतहट र सामुदायिक सेवा
समितिको आयोजनामा नागरिक प्रहरी अन्तरक्रिया कार्यक्रम गौर नगरपालिका
कार्यालयको सभाहलमा सम्पन्न भएको छ । लामो समयसम्म मधेशमा चलेको
आन्दोलनको कारण प्रहरीसँग सम्बन्धमा तिक्तता आएकोले आमनागरिक र प्रहरीको
बीच सुमधुर सम्बन्ध बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा सहभागी भएका विभिन्न राजनीतिक दलका प्रतिनिधि,
संचारकर्मी, नागरिक समाज, जेष्ठ नागरिक, महिला संजाल, वार एसोशिएशन,
उद्योग वाणिज्य संघ, टांगा व्यवसायी, ट्रक व्यवसायी, टेम्पो, जीप
व्यवसायी, व्यापारी, बुद्धिजीबीहरूले शान्ति सुरक्षा, ध्वनी प्रदुषणको
नियन्त्रण, चोरी, जुवा तास, रक्सी बिक्री वितरणमा प्रतिबन्ध, ट्राफिक
व्यपस्थापन, दुर्घटना न्यूनीकरण गर्नु पर्ने जिज्ञासा राखेका थिए ।
अवधेश प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी उपरीक्षक
डाक्टर गणेश रेग्मी आमजनताको शान्ति सुरक्षाको प्रत्याभूति गराउँदै सभ्य
र समुन्नत समाजको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
प्रमुख अतिथिको आसननबाट सम्बोधन गर्दै उपरीक्षक रेग्मीले भने प्रहरी
नेपाली जनताको सेवक हो, जनताको शान्ति सुरक्षा प्रदान गर्नु प्रहरीको
पहिलो कर्तव्य रहेको छ । सुरक्षित समाजको निर्माणमा स्थानीयको सहयोग
आवश्यक हुन्छ, आमजनताले सहयोग नगरेमा कुनै कार्य सम्भव नहुने उनको तर्क
रहेको छ । समाजमा अहिले पनि विसंगति विकृति अन्धविश्वास जडो गाडेका छन
त्यसलाई हटाउन जनचेतनाको अभिवृद्धि गर्नु आवश्यकता रहेको भन्दै उपरीक्षक
रेग्मीले समी सवै जना हातोमालो गरि अगाडी बढेमा सुन्दर स्वच्छ समाज
निर्माण गर्न सकिने विश्वास व्यक्त गरे । प्रहरी संग नडराई समाजमा हुने
कानुन विपरितको कारोवारको जानकारी निर्धक रूपमा प्रहरीलाई गराउन सवै संग
अपिल गरेका छन ।
अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा
माओवादी, मधेशवादी दलका बाबुलाल साह, रेवन्त झा, अजय गुप्ता, शेख जमसैद,
महिला अधिकारकर्मी किरण ठाकुर लगायतका वक्ताहरूले शान्ति सुरक्षाको निमित
गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

प्रतिक्रिया