रौतहट, २२ फागुन । अवैध रूपमा सञ्चालनमा रहेका ४८ वटा रक्सी भट्टी
प्रहरीले नष्ट गरेको छ। जिल्लामा अवैध रूपमा सञ्चालनमा रहेका अवैध रक्सी
भट्टीको कारण समाजजिक अपराधमा बृद्धि भएको भन्दै प्रहरीले घरेलु मदिरा
भट्टी नष्ट गर्ने अभियान सञ्चाल गरेको हो। जिल्लाको संग्रमपुर, पोठियाही,
मठिया, टिकुलीया, जिंगडवा बेलविछवा, गौर, सपगढा, सिशवा, बंकुललगायतका
जिल्लाका ग्रामीण भेगमा अवैध रूपमा घरेलु मदिरा उत्पादन गर्ने ४८ वटा
रक्सी भट्टी प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको
छ। तराइमा लामो समयसम्म चलेको मधेसी मोर्चाको आन्दोलनका क्रममा प्रहरीले
गस्ती गर्न छाडेपछि ग्रामीण भेगमा पछिल्लो समय अवैध रक्सी भटी फस्टाएको
छ। रक्सी भट्टीको कारण गम्भीर प्रकृतिका अपराधिक घटना जवरजस्ती करणी,
चोरी, डकैती, लुटपाट, महिलामाथिका घरेलु हिँसालगायत समाजिक अपराध दिनदिनै
बढ्न थालेपछि घरेलु मदिरा भट्टी नष्ट गर्न अभियान गरेको रौतहट प्रहरी
प्रमुख गणेश रेग्मीले बताए। ुघरेलु मदिरा सेवनले दिनदिनै समाजमा विभिन्न
खाले अपराधहरू बढ्न थालेको छु, प्रहरी प्रमुख रेग्मीले भने, जधन्य एवं
गम्भीर प्रकृतिका अपराधलाई बढाबा दिने मुख्य कारण मदिरा भट्टी नै रहेकोले
रक्सी भटी नष्ट गर्न लागिएको हो। मधेसी मोर्चाको आन्दोलन सक्ने वित्तिकै
तराइका जिल्लाको जनजीवन समान्य बनेपनि आपराधिक क्रियाकलाप नियन्त्रण हुन
सकेको थिएन। प्रहरीले आपराधिक क्रियाकलापको जड रक्सी नै भएको र नजिकिँदै
गएको होली पर्वमासमेत रक्सीका कारण विगतमा कतिपय घटना भएकोले यसपालीको
पर्वमा कुनै किसिमको अप्रिय घटना हुन नदिन भट्टी नष्टसँगै विभिन्न गस्ती
पेट्रोलिङ कार्य तिव्र बनाएको छ ।केही दिनअघि प्रहरी र नागरिकबीचको
सम्बन्ध सुमधुर बनाउन र जिल्लामा भइरहेको अपराधिक क्रियाकला नियनत्रण
गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले सर्वपक्षीय अन्तक्रियाको आयोजना
गरेको थियो।

प्रतिक्रिया