वीरगंज/फागुन २२
मधेश आन्दोलनमा शहादत प्राप्त शहिदहरुको सम्झनामा शनिवारबाट वीरगंजको
नारायणी रंगशालामा शहिद टी ट्वान्टी नकआउट क्रिकेट टुर्नामेन्ट
प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगिताको राष्ट्रिय मधेश समाजवादी
पार्टीका केन्द्रिय सदस्य एवं युवा नेता राजेशमान सिंहले ब्याटीङ गरेर
उद्घाटन गर्नुभएको छ । उद्घाटन खेल अन्तर्गत परवानीपुर भलुही र मुर्ली
क्लबको विचमा प्रतिस्पर्धा भएको आयोजक कमिटिका अध्यक्ष असरफ मन्सुरीले
जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता सिंहले समग्र खेलकुद र क्रिकेटको
विकासका लागि आफु जस्तो सुकै सहयोग गर्न प्रतिबद्ध रहेको जानकारी दिनुभयो
। शहिदको सम्झनामा क्रिकेट प्रतियोगीता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद
दिँदै युवा नेता सिंहले शहिदले देखेको सपना पुरा गर्न सवैले आ–आफ्नो
ठाउँबाट उत्तिकै सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेताहरु
प्रदीप चौरसीया, ईश्वर यादव, ओमप्रकाश सर्राफ, शुसील पटेल एवं क्लबका
पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया