वीरगन्ज , २१ फागुन : संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष
उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकार दुइ चार दिन मै ढल्ने बताउनु
भएको छ । वीरगन्जमा शुक्रबार संघीय समाजवादी फोरम नेपाल पर्साले आयोजना
गरेको पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष यादवले ओली
नेतृत्वको सरकार दुइ चार दिनको पाहुना मात्रै भएको बताउनु भयो । अध्यक्ष
यादवले भन्नु भयो ओली सरकार दुइ चार दिनको पाहुना मात्रै हो , यो सरकार
आफनै कारणले ढल्छ ,अब कसैले रोकेर पनि रोक्न सक्दैन । फोरम नेपालका
अध्यक्ष यादवले भारत भ्रमणमा गएका बेला प्रधानमन्त्री ओलीलाइ भारतीय
नेताहरुले पनि संविधान सच्याउन निर्देशन दिएको बताउनु भयो । भारत , चीन
अमेरीका सबै मित्र राष्ट्रहरुले अहिलेको संविधान त्रुटीपूर्ण रहेको
बताइसकेको भन्दै अध्यक्ष यादवले संविधान प्रति मधेशमा उठेको विरोधको आवाज
सम्बोधन गर्न विदेशी मुलुकहरुले पनि ओली सरकारलाइ दबाब दिइरहेको बताउनु
भयो । ६ महिने मधेस आन्दोलन विश्वकै एक उत्कृष्ट आन्दोलनका रुपमा स्थापित
भएको दाबी गर्दै अध्यक्ष यादवले मधेस आन्दोलनले मधेसलाइ विश्वमै चिनाउन
सफल भएको बताउनु भयो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध मधेसी
दलहरु निर्णायक आन्दोलनका लागि अहिले शक्ति सन्चयमा लागेको भन्दै अध्यक्ष
यादवले अबको मधस आन्दोलन मधेस मात्र सिमिति नभइ हिमाल , पहाड र तराइ
मधेशमा पनि सशक्त रुपमा हुने बताउनु भयो । निर्णायक आन्दोलनका लागि शक्ति
सन्चय गर्न आन्दोलनको स्वरुप मात्र परिवर्तन गरिएको भन्दै फोरम नेपालका
अध्यक्ष यादवले अब निर्णायक र भयानक आन्दोलन हुने चेतावनी दिनु भयो ।
स्वायत्त मधेस र आत्मनिर्णयको अधिकार नपाए सम्म आन्दोलन निरन्तर रुपमा
चलिरहेने बताउदै अध्यक्ष यादवले मधेसको लडाइ देशभक्ति र राष्ट्रियताका
लागि भएको बताउनु भयो । कार्यक्रमलाइ सम्बोधन गर्दै फोरम नेपाल पर्साका
अध्यक्ष प्रदीप यादवले मधेसका विरोधमा संविधान जारी गर्ने कााग्रेस ,
एमाले र एकीकृत नेकपा माओवादीका सांसदहरु नै मधेशीको हत्यारा भएको आरोप
लगाउनु भयो । उहााले होली पर्बका बेला गरिने होलीका दहनमा यसपाली तीन
ठूला दलका साासदहरुको पुत्ला दहन गरिने बताउनु भयो । उहााले होली पर्ब
लगत्तै मधेसमा अझ भयानक आन्दोलन शुरु हुने चेतावनी दिनु भयो । पार्टी
प्रवेश कार्यक्रमलाइ फोरम नेपालका राष्ट्रिय उपाध्यक्ष एंव सांसद
लालबाब्ु राउत गद्धी , केन्द्रिय सदस्यहरु करिमा बेगम , वीरेन्द्र यादव ,
प्रमोद गुप्ता , बच्चा यादव , रामकिशोर यादव ,समाजसेवी रामनरेश प्रसाद
यादव लगायतकाले पनि सम्बोधन गरेका थिए । यसैबिच सरकारसंग वार्तामा रहेको
सशस्त्र भूमीगत संगठन जनतान्त्रिक तराइ मुक्ति मोर्चा पृथ्वी समुह फोरम
नेपालमा समाहित भएको छ । कार्यक्रममा पृथ्वी समुहका केन्द्रिय अध्यक्ष
महाराजा यादव सहितका नेताहरु फोरम नेपालमा प्रवेश गरेको घोषणा गरेका थिए
। उनिहरुलाइ फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले अबीर टिका
लगाएर स्वागत गर्नु भएको थियो । यस्तै कार्यक्रममा नेपाली कााग्रेस र
नेकपा एमालेका गरिक करिब पााच सय कार्यर्ताहरु पनि फोरम नेपालमा प्रवेश
गरेको फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी दिनु भयो ।
कार्यक्रम फोरम नेपाल पर्साका अध्यक्ष यादवकै अध्यक्षतामा सम्पन्न भएको
थियो ।

प्रतिक्रिया