वीरगंज, १९ फागुन । पर्सा जिल्लाको विभिन्न विद्यालयका सञ्चालकलाई फोन
गरि धमकी दिइ फिरौति माग्ने २ जनालाई प्रहरीले बुधवार पक्राउ गरि
सार्वजनिक गरेको छ ।
वीरगंजका विभिन्न विद्यालयका सञ्चालकहरूलाई फोनबाट जनतान्त्रिक तराई
मुक्ति मोर्चाको नाममा ५ लाख रकम माग गरि नदिएमा अपहरण गर्ने, गोली हानि
हत्या गर्ने, विद्यालयमा बम पड्काई ध्वस्त बनाइदिने जस्ता चेतावनीसहित
पटक – पटक फोन गर्ने तथा पत्र पठाउने २ जनालाई प्रहरीले पक्रेको हो ।
पक्राउ पर्नेमा वीरगंज उप महानगरपालिका १४ बस्ने ५३ वर्षीय रामबालक
प्रसाद मुखिया बिन र १७ बस्ने २२ वर्षीय महेश पटेल रहेका छन ।
पक्राउ परेका दुवै जना १४ गते साझ फोन मार्फत धम्की दिई साउथ जोन
बोर्डिङ स्कुलको कम्पाउण्ड भित्र सकेट बम फलेर भागेका थिए । उनीहरूलाई बम
फालेर भागेको ना १२ प ७७८ नम्बरको मोटरसाइकल पहिचान गरि सूचनाको अधारमा
पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं
प्रवक्ता होबिन्द्र बोगटीले जानकारी गराए । जनतान्त्रिक तराई मुक्ति
मोर्चा पार्टीको नामले अभय सिंह र सागर सिंहको नामले विद्यालयका सञ्चालक
तथा शिक्षकहरूलाई पैसा माग्न फोन तथा पत्र मार्फत धम्की पठाउने गरेकाले
उनीहरूलाई पक्राउ गरेर अपहरण उद्योग तथा बिष्फोटक पदार्थ ऐन अन्तर्गत
मुद्दा चलाउने प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता बोगटीले बताए ।
पक्राउ परेका महेश पटेल यसअघि हातहतियार मुद्दामा दुई पटक कारागार कैद
भुक्तान गरिसकेका र अर्का रामबालक प्रसाद मुखिया बिन पनि यसअघि लागु औषध
चरश र सेतो हिरोइन मुद्दामा कैद भुक्तान गरिसकेका
छन ।

प्रतिक्रिया