बारा, १९ फागुन । मोफसलकै सर्वाधिक पुरस्कार राशीको सिमरा गोल्डकप फुटबल
प्रतियोगिता बिहीवारदेखि शुरू हुँदैछ । प्रतियोगिताको अन्तिम तयारी पुरा
भएको आयोजकले जानकारी दिएको छ ।
आयोजक नव जनजागृति युवा क्लबले बुधवार पत्रकार सम्मेलन गरी प्रतियोगिता
वारे जानकारी गराएको हो । बिहीवारदेखि शुरू हुने प्रतियोगिताको उद्घाटन
खेलमा आयोजक क्लब र बिजय युथ क्लब हेटौडाबीच प्रतिस्पर्धा हुने भएको छ ।
बिजय डिस्ट्रीलरीको मुख्य प्रायोजन रहने प्रतियोगितामा ए डिभिजनका पाँच
क्लब सहित १० टिमको सहभागिता रहनेछ । प्रतियोगितामा दुई पटकको बिजेता
मनाङ मस्र्याङदी क्लबसहित थ्रिस्टार क्लब, नेपाल आर्मी, नेपाल एपिएफ,
सरस्वती युथ क्लब, रूपन्देही ११, सहारा क्लब पोखरा, वीरगंज युनाईटेड,
बिजय युथ क्लब र आयोजक नव जनजागृति युवा क्लबले सहभागीता जनाउनेछन ।
राजधानी बाहिरकै प्रतिष्ठित फूटवल प्रतियोगिताको रूपमा परिचय बनाएको
गोल्डकपको आयोजना हुने सिमरा रंगशालाको सम्पूर्ण तयारी अन्तिम चरणमा
पुगेको क्लबका अध्यक्ष कासिम मियाँले बताए । मियाँले खेल मैदान मर्मतका
साथै अस्थाई प्याराफिट बनाउने काम सकिएको जानकारी दिए ।
६० लाख अनुमानित बजेट रहेको प्रतियोगिताको बिजेताले पाँच लाख ५१ हजार
नगद पुरस्कार पाउनेछ । यो पुरस्कार रकम मोफसलमा आयोजना हुने
प्रतियोगिताहरूमध्येकै उच्च हो । प्रतियोगिताको उपबिजेताले नगद दुई लाख
५० हजार प्राप्त गर्नेछ ।
प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रदर्शन गर्ने सर्वाेत्कृट खेलाडीलाई
मोटरसाइकल पुरस्कार दिइनेछ । त्यस्तै आआफनो बिधामा उत्कृष्ट प्रदर्शन
गर्ने पाँच जनालाई जनही १५ हजारले पुरस्कृत गरिनेछ । प्रत्येक खेलको
म्यान अफ द म्याचले पनि तीन हजार पाउनेछन ।

प्रतिक्रिया