वीरगंज, १ फागुन । वीरगंजमा पनि शनीवार श्रीपञ्चमी अर्थात सरस्वती पूजा
धुमधामका साथ मनाएको छ । वीरगंजका विभिन्न विद्यालय र टोलटोलमा सरस्वतीको
मूर्ति स्थापना गरि सरस्वती पूजा गरिएको छ । विद्यालयका बालबालिकाहरू
बिहानै नुहाई धुवाई गरी स्वच्छ र सफा कपडा लगाएर हरेक विद्यालय तथा
सरस्वती मन्दिरहरूमा गएर विद्याकी देवी सरस्वतीको पूजा गरेका हुन ।
विद्यालयमा सरस्वती पूजा बडो श्रद्धा र भक्तिसाथ मनाउने गरिएको छ ।
माथिल्लो कक्षामा अध्ययन गर्ने बिद्यार्थीहरूले विद्यालयका अन्य
बिद्यार्थी र शिक्षक शिक्षीकाको सहयोगमा मर्ती सजाएर धुमधामका साथ पूजा
गर्ने प्रचलन रहि आएको छ ।
यस्तै पर्साको सोनवर्षा गाविस वडा नम्बर ९ रामभौरीभाठ्ठामा रहेको
दुधेश्वरनाथ महादेव मन्दिरमा आज पन्चमीको भव्य मेला लागेको छ । वीरगंजबाट
५० किलोमिटरको दुरीमा रहेको रामभौरी भाठ्ठामा मेला भर्नका लागि नेपाल तथा
भारतका श्रद्धालु भक्तजनहरू आउने क्रम जारी रहेको स्थानीयवासीले बताएका
छन । मन्दिरमा भारतको विभिन्न स्थानबाट जल चढाउनका लागि काँवर लिएर आउने
दर्शनार्थीहरूको पनि भिड लागेको छ ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ । वसन्त ऋतुको
शुरूवात हुने दिन भएकाले यसलाई वसन्त पञ्चमी पनि भनिनछ । संगीत, कला,
साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्र
पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ । श्रीपञ्चमीका दिन साना
बालबालिकालाई अक्षारम्भ गराइन्छ । सरस्वतीलाई महाविद्या, महावाणी, भारती,
वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धिश्वरी नामले समेत
सम्बोधन गरिन्छ ।
विशेषगरी शैक्षिक संस्थामा विद्यार्थीले महत्वका साथ यो पर्व मनाउँछन ।
बौद्ध धर्मावलम्बीले पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रूपमा ज्ञानको
प्रतीक मानेर पूजाआजा गर्छन । आजका दिन दिन बिहानै भक्तिपूर्वक कलश
स्थापना गरी पञ्चोपचारले गणेश, सूर्य, अग्नि, विष्णु, शिव आदि देवताको
पूजा गरी सरस्वतीको पूजा गरिन्छ । सरस्वतीलाई नैवेद्यका रूपमा नौनी, दही,
दूध, धानको लावा, तिलको लडडु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण
गरिन्छ । सरस्वतीलाई सेतो र·, फूल, चन्दन, शङ्ख आदि प्रिय लाग्ने भएकाले
आजका दिन सरस्वती पूजामा यी सामग्रीहरू चढाउने प्रचलन छ ।

प्रतिक्रिया