वीरगंज, १० फागुन । वीरगंजको नगवा १९ मा रहेको श्री जनकल्याण उपभोक्ता
सहकारी संस्थाका संचालक बिरूद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी
परेको छ । संस्थाका प्रमुख संचालक रामप्रसाद साहले उपभोक्ताको करोडौं
रूपैया लिएर फरार भएको भन्दै संस्थाका सदस्यहरूले उनी बिरूद्ध उजुरी
गरेका हुन ।
संस्थामा बचत जम्मा गरेका शेयर सदस्यहरूको ठुलो संख्या आइतवार जिल्ला
प्रशासन कार्यालय पर्सामा गएर उनी बिरूद्ध उजुरी दिदै कारबाईको माग गरेका
हुन । उजुरी दिन गएका शेयर सदस्यहरूले २५ करोड भन्दा बढीको ठगी गरेर
संचालक राम प्रसाद साह फरार भएको बताए । उनी कसैले बिराटनगरका भएको र
केहीले भने उनी महोत्तरीको भएको बताएका थिए ।
मुद्धती खातामा १ लाख २ हजार रूपैया राखेकी थिए । पुष २५ गते पैसा
निकाल्न मिल्ने भएको थियो पैसा लिन जादा फागुन १२ गते दिन्छु भन्यो अहिले
त संचालकनै भागेछ जरिना खातुनले भनिन म त मर्नु र बाँच्नु भएकी छु
बनीबूतो गरेर साँचेको पैसा असत्तीले लग्यो उनले भनीन । घर घरमा गएर भाँडा
माझेर साँचेको रकम सम्झिदै गर्दा उनको गला अवरूद्ध भएको थियो । उच्च
रक्तचापको बिरामी खातुनले कसैगरि आफूले परिश्रम गरेर कमाएको पैसा फिर्ता
पाउन पाए हुनथ्यो भनिन ।
जरिनाकै जस्तो ब्यथा अन्यको पनि छ । वीरगंजको लाठगल्लीका नुरूलहक
अन्सारीको पनि २ लाख ४२ हजार रूपैया सहकारीमा बचत थियो । संचालक भोगेपछि
उनी इनतु न चिन्तुको अवस्थामा पुगेका छन । बालबच्चाको भविष्य ठिक पार्न
सहयोग होला भनेर साँचेको पैसा संचालकले नै ठगेर भागेकोले उनको मन अमिलो
भएको छ । त्यस्तै हरिनारायण साहको १ लाख १७ हजार, कलामुदिनको ४० हजार,
महम्मद इन्तजार शेखको ८३ हजार, पन्नाला प्रसाद साहको ६ लाख ५० हजार
सुनीता देवीको ७५ हजार यस्ता कैयौ कलमहरू छन जुन संचालकले लिएर भागेका छन
। जिल्ला प्रशासन कार्यालय पर्साले आवश्यक कारबाईकोलागि जिल्ला प्रहरी
कार्यालय पर्सालाई निर्देशन दिएको छ । पर्सा प्रहरीले घटनाको बिषयमा
अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया