वीरगंज, ९ फागुन/ नारायणी एफएमका सुरक्षागार्डमाथि गएराति भएको आक्रमणको
विभिन्न संघसंस्थाले विज्ञप्ति जारी गरी भत्र्सना गरेको छ ।
आइतवार जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेको पत्रकार महासंघको
पदाधिकारी,कार्य समिति सहितको पर्साका संचारकर्मीहरूको टोलीले त्यतिबेला
निमित्त रहेका प्रहरी उपरीक्षक हामेन्द्र बोगटीलाई भेटी संचारगृह र
संचारकर्मीहरूले झेल्न परेको सुरक्षा संवेदनशिलतावारे आपत्ति जनाएको हो ।
पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जराको अगुवाईमा रहेको
टोलीले बोगटीलाई भेटी शनिवार मध्य रातमा वीरगंजबाट प्रसारण हुने नारायणी
एफएममाथि भएको आक्रमण वारे चिन्ता जनाउदै तत्काल घटनामा संलग्न दोषीलाई
पक्राउ गरी कडा कानुनी कारबाईको माग गरेको छ ।
यसरी नै वीरगंजबाटै प्रकाशित हुने राष्ट्रिय साहारा दैनिकका प्रकाशक तथा
सम्पादक चन्द्रभूषण साहलाई समाचार लेखेकै कारण धम्की खेप्न परेको घटनाले
पर्साका संचारकर्मीहरूलाई आक्रोशित बनाएको सो अवसरमा अध्यक्ष बन्जराले
बताएका छन् । वीरगंजबाटै प्रसारण हुने बिन्दास एफएममा भएको चोरीका बिषयमा
पनि प्रहरी उपरीक्षको ध्यानाकर्षण अध्यक्ष बन्जराले गराएका थिए । सबै
घटनामा संलग्न दोषीहरूलाई नतत्काल पक्राउ गरी कारबाई नगरे आफूहरू कडा
आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत बन्जराले दिएका छन् । टोलीमा
सामुदायिक रेडियो प्रसारक संघका महासचिव गोबिन्द देवकोटा,पीडित पत्रकार
चन्द्रभूषण साह,पत्रकार महासंघ पर्साका उपाध्यक्ष धुब्र साह,सचिव
कृष्णउदास खनाल,सहसचिव शेखर छतकुली,कार्य समितिका सदस्यहरू निरंजन
मिश्र,संजिव मिश्र,प्रेस चौतारीका केन्द्रीय लालबावु शेख,प्रेस युनियनका
केन्द्रीय बिजय कुशवाहा,पूर्व अध्यक्ष दीपेन्द्र चौहान,पूर्व अध्यक्ष
केसी लामिछाने,क्रान्तिकारी पत्रकार संघका अध्यक्ष नीरज पिठाकाटे लगायतका
पर्साका पत्रकारहरूको सहभागिता रहेको थियो ।
यसैबीच नेपाल पत्रकार महासंघ पर्सा शाखाले बिभिन्न संचारगृहमाथि
आक्रमण,संचारकर्मीमाथि धम्कीको श्रृखला बढेकोमा गम्भीर ध्यानाकर्षण भएको
जनाएको छ । आइतवार एक प्रेस बिज्ञप्ती जारी गर्दै पत्रकार महासंघ पर्सा
शाखाका सचिव कृष्णउदास खनालले नारायणी एफएम वीरगंजमा भएको घटनामा
संलग्नहरूलाई कडा कानुनी कारबाईमो माग गरेका छन् भने राष्ट्रिय साहारा
दैनिकका प्रकाशक तथा सम्पादक चन्द्रभूषण साहलाई धम्की दिनेहरूलाई कडा
कानुनी कारबाई गर्न स्थानीय प्रशासनसंग माग गरेका छन् ।
नारायणी एफ.एम १०३.८ मेगाहर्जमा बिहान अपरिचित समुहले आक्रमणगरी एफ एममा
कार्यरत सुरक्षा गार्डलाई घाइते बनाएको घटना प्रति मधेसी पत्रकार समाज
पर्साले भत्र्सना गरेको छ ।
नेपाल पत्रकार महासंघ, जिल्ला शाखा बारा, क्रान्तिकारी पत्रकार संघ
जिल्ला कार्य समिति–पर्साले पनि विज्ञप्ति जारी गरी घटनाको भत्र्सना
गरेको छ ।

प्रतिक्रिया