बारा, २८ माघ । अपहरण र आगजनी आरोपमा मातृका यादव नेतृत्वका नेकपा
माओवादीका जिल्ला संयोजक उमेश भनिने चन्द्रकान्त यादवलाई प्रहरीले बुधवार
पक्राउ गरेको छ । कलैया ३ भवानीपुर निवासी ३७ बर्षीय यादवलाई –उनको
घरबाटै पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक विनोद शर्माले बताए ।
कलैयाको एक व्यापारीको अपहरण र मधेसी मोर्चाको आन्दोलनको क्रममा
रिलायन्स चिनी कारखानाबाट चिनी बोकेर जाँदै गरेको तीन वटा ट्रकमा आगजनी
गरेको घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरी थप अनुसन्धानको लागि
हिरासतमा राखिएको उनले बताए । यादव लुकीछिपी बस्दै आएको थिए । यसैबीच
नेकपा माओवादीका कार्यालय सचिव प्रमानन्द कुसवाहाले एक विज्ञप्ती निकाली
प्रहरीले पार्टीका जिल्ला संयोजक यादवलाई षडयन्त्रपुर्वक फसाउन खोजेकोले
तत्काल रिहाइ गर्न माग गरेको छ ।

प्रतिक्रिया