१ फागुन, काठमाडौंं । संघीय समाजवादी फोरम नेपालले पूर्व गृहराज्यमन्त्री
रिजवान अन्सारीलाई पार्टीबाट निस्कासन गरेको छ । पार्टीको हित र नीति
विपरित काम गरेकाले अन्सारी र राजकुमार यादवलाई निस्कासन गरिएको फोरम
नेपालले जनाएको छ । अन्सारीले आफ्नो नेतृत्वमा संघीय नवविचार समूह बनाएर
विभिन्न माग अघि सारेका थिए र सम्बोधनका लागि पार्टी नेतृत्वलाई
अल्टिमेटम दिएका थिए । संघीय समाजवादी र फोरम नेपालको एकता गर्ने क्रममा
पार्टीको विधानमा समानुपातिक समावेशी हटाएको भन्दै उनीहरूले आफ्नो फरक
मतवारे छलफल गर्नु पर्ने, पार्टीलाई समावेशी बनाउनु पर्ने र
प्रधानमन्त्री चुनावमा भाग लिएकोमा आत्मालोचना गर्नु पर्ने माग गरेका थिए
। तर, संघीय समाजवादी फोरमले उनलाई नै कारबाई गरेको छ । पार्टीमा छलफलमा
आउन बोलाउँदा अनुपस्थित भएको र लिखित स्पटिकरण माग्दा समेत नदिएकाले
कारबाई गरिएको उसले बताएको छ ।
नवविचार समूहमा लागेका वीरबहादुर लामा, विश्वदीप लिंगदेन लगायतले लिने
लिखित रूपमा नै पार्टीमा रहने बताएको फोरमले जनाएको छ । एमालेबाट
छुट्टिएर अशोक राईको नेतृत्वमा संघीय समाजवादी पार्टी गठन गर्दा अन्सारी
पनि प्रमुख नेता मध्ये एक थिए । तर, पछिल्लो समय अशोक राईसँग असन्तुष्ट
रहेपनि उनी निष्क्रिय जस्तै रहेका उनले फोरमसँग पार्टी एकतापछि फेरि
पार्टीमा लागेका थिए ।

प्रतिक्रिया