बारा, ९ फागुन । बिश्व प्रसिद्ध धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थल
बाराको महागढीमाई नगरपालिकाको बरियारपुर स्थित गढीमाई मन्दिर
व्यवस्थापनको अभावमा अस्तव्यस्त बनेको छ ।
मन्दिरको व्यवस्थापनमा नगरपालिका र स्थानीय जनता कोहीपनि सचेत भएको
पाइदैन । जुत्ता चप्पल लगाएर मन्दिर प्रबेश गर्ने, मंन्दिरको परिसर भित्र
गुट्खा, धूमपान, गाँजा सेवन गर्ने गरेको पुजारी कपिलदेव चौधरीले दुखेसो
पोखे ।
गढीमाई पोखरीलाई निर्मल पोखरी भनिनछ । बाहिरबाट आएका भक्तजनहरूले
पोखरीको पानीलाई मन्दिरमा जलको रूपमा प्रयोग गर्छन । तर
स्थानीयबासिन्दाले यसलाई नर्क बनाएर राखेको पुजारी चौधरीले बताए ।
पोखरीमा कपाडा धुने गरिन्छ जसले गर्दा पानी प्रदुषित बनेको छ
यस्ता कार्यप्रति ट्रस्ट समिति र प्रहरी प्रशासन मुकदर्शक बनेका छन ।
मन्दिर व्यवस्थापन समिति र प्रहरी प्रशासनको चरम लापरवाहीले बिश्वमै
प्रसिद्ध रहेको यस धार्मिक नगरी फाहोर भएकोमा नागरिक समाजले चिन्ता
व्यक्त गरेका छन ।

प्रतिक्रिया